२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मारुती सिमेन्टले वन क्षेत्रको जग्गा हडप्याे



अ+ अ-

जनकपुरधामः सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ ।

कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक वनको जग्गा आफ्नो नाममा दर्ता गराएको कारखाना तथ्य खुलेको हो ।

कारखानाले जोभा प्राकृतिक सामुदायिक वनको १३ कट्ठा पाँच धुर जग्गा आफ्नो नाममा दर्ता गराएको देखिएको छ । मालपोत कार्यालय सिरहाका अभिलेखअनुसार कारखानाले सो जग्गा विस २०७३ पुस ३ गतेमा कित्ताकाट गराएको देखिन्छ ।

कारखानाका लागि मोरङ विराटनगरका मनोज राठीको नाममा मालपोत कार्यालय सिरहाबाट कित्ताकाट गराएको पाइएको छ । डिभिजन कार्यालय सिरहाका वन प्रमुख सुनिलकुमार सिंह सरकारले विसं २०५१ चैत ५ गते जोभा प्राकृतिक सामुदायिक वनका रूपमा हस्तान्तरित ३१ हेक्टरमध्ये गोरखनाथ गणलाई दिई बाँकी रहेको १८ हेक्टर वन क्षेत्रको १३ कट्ठा ५ धुर जग्गा राठीको नाममा दर्ता पाइएको छ ।

उहाँले यस सम्बन्धमा कानूनबमोजिम जाँचबुझ अनुसन्धान प्रक्रिया शुरू गरिएको र दोषीउपर वन ऐनबमोजिम कारवाही गरिने बताउनुभयो ।