३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दशैमा काठमाण्डौ फोहरमाण्डौ बन्दै

दशैमा काठमाण्डौ फोहरमाण्डौ बन्दै
अ+ अ-

३१ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा नियमित रुपमा फोहोर नउठाईंदा दशैंका बेला महामारी फैलिने खतरा बढेको छ ।

सडक छेउ र गल्लीमा थुप्रिएको फोहोर गत साउनबाट नै नियमित रुपमा उठ्न सकेको छैन । दशैंका बेला उपत्यकामा चहलपहल घटेपनि घरबाट निस्किने फोहोर भने बढ्ने गर्छ ।

काठमाडौं महानगरपालिकाले फूलपातीदेखि एकादशीसम्म फोहोर उठाउने काम रोकिने भन्दै कम फोहोर उत्सर्जनन् गर्न आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाले फोहोर बिसर्जन गर्दै आएको नुवाकोटको सिसडोल समेत भरिएपछि थप फोहोर व्यवस्थापन हुन सकेको छैन ।

तर, काठमाडौं महानगरपालिकाका वातावरण विभागका प्रमुख हरि कुँवरले भने फोहोर उठाउने काम भइरहेको दाबी गरे । ‘चाडपर्वले गर्दा कम भएको हो, तर फोहोर उठाउने काम रोकिएको छैन’, उनले भने ।

स्थानीयले सडकमा ल्याएर फोहोर फाल्ने गरेको भन्दै उनले दशैंका बेला सडक दुर्गन्धित नहोस् भन्ने उद्देश्यले महानगरवासीलाई सचेत गराईएको उनले बताए ।

महानगरपालिकाले नियमित फोहोर उठिरहेको बताएपनि उपत्यकाका सडक, भित्रि गल्लीमा फोहोर ठूलो थुप्रो देखिन थालेको छ ।

दुई महिनाभन्दा बढी समयदेखि थुप्रिरहेका फोहोरबाट दुर्गन्ध फैलिँदा रोगको संक्रमणको खतरा बढ्दै गएको छ । लामो समय यसरी थुप्रिएको फोहरका कारण सर्वसाधारण र सवारीसाधनलाई आवतजावत गर्न कठिन भएको छ ।

हरेक दिन काठमाडौँ उपत्यका (१८ नगरपालिका) बाट दैनिक एक हजार मेट्रिक टन (काठमाडौँ महानगरपालिकाबाट ५०० मेट्रिक टनसहित) फोहर निजी र कामपाका गरी १५० गाडीमार्फत बञ्चरे डाँडामा व्यवस्थापन हुँदै आएको छ ।

नियमित रूपमा फोहर संकलन शुरु भए पनि लामो समय रोकिएको फोहर व्यवस्थापनका लागि समय लाग्ने भएकाले आआˆना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाल घरमा नै व्यवस्थापन गर्न आग्रह गर्दै कामपाले पछि घरमा नै फोहरको गाडी आउने जनाएको छ ।

कामपाले १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न सिसडोल लिएको थियो ।

सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएको भन्दै नुवाकोट, सिसडोलका बासिन्दाले सो स्थानमा अब फोहर नराख्न आग्रह गर्दै आएका छन् ।

केही वर्षअघि नै हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थानभन्दा केही पर नुवाकोट र धादिङको सिमाना बञ्चरेडाँडामा दीर्घकालीन रूपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन केन्द्र निर्माण गर्ने भनिँदै आए पनि हालसम्म केही काम भएको छैन ।

कामपाले फोहर व्यवस्थापन केन्द्र सरकारले निर्माण गर्नुपर्ने भन्दै आएको छ भने केन्द्र सरकारले स्थानीयक समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा राख्दै आएको छ ।