४ आश्विन २०८१, शुक्रबार
,
Latest
‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के छ ? (पूर्णपाठ) सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छः झलनाथ खनाल नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजिनामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको दसैं दैनिकी



अ+ अ-

काठमाडौं, असोज ३१प्रधानमन्त्री केपी शर्मा ओली दसैंमा पनि निकै ब्यस्त रहनुहुने भएको छ । प्रधानमन्त्रीकाृ सचिवालयले उपलब्ध गराएको सूचीअनुसार बडादसैंमा प्रधानमन्त्री ओली निके ब्यस्थ रहनु हुने भएको हो ।

प्रधानमन्त्री ओली भोलि कात्तिक १ गते विहिवार, महानवमीको दिन बिहान ९ बजे गृहजिल्ला झापा प्रस्थान गर्नुहुनेछ । गृहजिल्ला झापाको बिभिन्न कार्यक्रममा सहभागी भई प्रधानमन्त्री भोलि अपरान्ह काठमाडौं फर्कुनु हुनेछ ।

झापामा रहँदा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्रीओलीकै आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा दसैंको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री ओलीले हरेक बर्ष बडादसैंको अवसरमा गृहजिल्ला झापामा चियापान गर्दै आउनु भएको छ । यसैगरी कात्तिक २ गते बिजयादसमीको दिन बिहान ९ : ४५ देखि १० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण गर्नुहुनेछ । विहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई प्रधानमन्त्री ओलीले टिका लगाइ दिनुहुनेछ भने दिउँसो १ बजे प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीबाट टिका ग्रहण गर्नुहुनेछ ।

त्यसलगत्तै दिउँसो २ बजेबाट मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई टिका लगाइ दिने कार्यक्रम तय गरिएको छ । यसैगरी अपरान्ह ३ : ३० देखि ५ : ३० सम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टिका लगाउनेसमय तय गरिएको छ । बिजयादसमीकोदिन साँझ ६: ०० बजेदेखि परिवारका सदस्यहरुले प्रधानमन्त्रीबाट टिका ग्रहण गर्नेछन ।

एकादशीको दिन असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९ देखि ११ बजेसम्म कार्यकर्ता र शुभचिन्तकहरुले प्रधानमन्त्री ओलीको हातबाट टिका ग्रहण गर्ने समय तालिका तय गरिएको प्रधानमन्त्रीका प्रेससंयोजक चेतन अधिकारीले जनाएका छन ।

यस्तो छ प्रधानमन्त्री ओलीको ब्यस्त दसैं दैनिकी

२०७५ असोज १ गते विहिवार, महानवमी (विहान झापा प्रस्थान र अपरान्ह काठमाण्डौ फिर्ता) :
चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमाजिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम
सम्माननी यप्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम
२०७५ असोज २ गते, शुक्रवार, दशमी
विहान ९:४५–१० : सम्माननीय प्रधानमन्त्रीद्वारा पिताजी श्री मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण
विहान १०: ००पछि सम्माननीय प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण
दिउँसो १:०० : सम्माननीय प्रधानमन्त्रीद्वारा सम्माननी यराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट टिका ग्रहण
दिउँसो २:०० : माननीय मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण
अपरान्ह ३.३० देखि ५.३० : पार्टी कार्यकर्तातथा सर्बसाधारणहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण
साँझ ६ः०० बजेदेखि : परिवारका सदस्यहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण
एकादशी असोज ३ गतेदेखि चतुर्दशीकार्तिक ६ गतेसम्मविहान ९:०० देखि ११:०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा सम्माननीय प्रधानमन्त्रीको हातबाट टिका ग्रहण समय तालिका तय गरिएको छ ।