३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सबै परिवर्तनहरू उपलब्धि होइनन् : पूर्व श्री ५ ज्ञानेन्द्र

सबै परिवर्तनहरू उपलब्धि होइनन् : पूर्व श्री ५ ज्ञानेन्द्र
अ+ अ-

पूर्व श्री ५ महाराजाधिराध ज्ञानेन्द्रले देश बनाइने सपना देखेका हामी नेपाली देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । करिव पाँच सातादेखि स्वदेशवाहिर रहनुभएका पूर्व श्री ५ ले आज स्वदेश फर्किएलगत्तै विजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारण मुलुक चिन्ताजनक अवस्थामा आइपुगेको हरेक नेपालीले महसुस गर्नुपरेको सङ्केत गर्नुभएको हो ।

यतिबेला नेपालीबीचको सामाजिक सदभाव मेटिँदै जानुका साथै तराई, पहाड र हिमालमाझको एक्यभाव तोड्ने भगिरथ प्रयत्नसमेत भइरहेकोले समीक्षा र आत्ममूल्याङ्कनको घडी आएको पूर्व श्री ५ ले आफ्नो सन्देशमा प्रकट गर्नुभएको छ ।

यस्तो छ पूर्व श्री ५ को शुभकामना सन्देशको पूर्णपाठ-

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ,

विजयादशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरूमा शान्ति, सुख र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौँ ।

नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनुष्ठान, साधना र परम्पराले व्यष्टित रहेको छ । कोट, मौलो, खडग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतीकका रूपमा रही नेपाली समाजमा देवी महात्म्यम् आराध्य छिन् । तर, पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरू सङ्कटमा पर्दै जानु सबै नेपालीका लागि विषद् बनेको छ ।

देश शान्त, सुखी र समृद्ध बन्ने आशामा हामीले गरेको सहमति अविभाज्य मुलुक र सदभावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पुनः स्मरण गराउँदछु । देशमा शान्ति सुव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नु–मारिनु नपर्ने, आपराधिक क्रियाकलापमा न्युनीकरण हुने, कोपिला बालबालिकाहरू समेत सुरक्षित र संरक्षित रहन नसक्ने, विभिन्न आकार–प्रकारका सरकारहरूबाट जनतामाथि आर्थिक भार कम हुने, जनताको जीवन सुखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजवुत हुने तथा असहिष्णु व्यवहार निरुत्साहित हुँदै जाने विश्वास हामीले लिएका थियौँ ।

देश बनाइने सपना देखेका हामी नेपाली राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ । हरेक उपलब्धिहरू परिवर्तन हुन् तर हरेक परिवर्तनहरू उपलब्धिमूलक बन्न सक्दारहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ । आज नेपालीबीचको सामाजिक सदभाव मेटिँदैछ भने तराई, पहाड र हिमालमाझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ । अब समीक्षा र आत्ममूल्याङ्कनको घडी आएको छ । आफैंलाई साक्षी राखेर देशवासीका पक्षमा केही गर्ने प्रण गरौँ ।

श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरुन्, नेपालीबीचको आपसी प्रेम, सदभाव र सम्मानको पुनर्जागरण होस्, यही मेरो कामना छ ।
जय नेपाल