३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रित्तिँदै गाउँ, भरिँदै शहर

रित्तिँदै गाउँ, भरिँदै शहर
अ+ अ-

–वासुदेव पौडेल

पोखरा, ५ कात्तिक ९रासस० ः विजयादशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजरमा चहलपहल बढेको छ ।

दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन भए पनि पश्चिम नेपालका कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लामा अधिकांशले विजयादशमीका दिन मात्र टीका लगाउने गर्दछन् ।
विजयादशमीकै दिन टीका लगाउने प्रचलनका कारण यी जिल्लामा उक्त दिन मध्यरातसम्म नै मानिसको आवजजावत हुन्छ । घरका ज्येष्ठ सदस्य र मान्यजनबाट टीका लगाई आशिर्वाद लिन यसअघि रत्तिएका गाउँबस्तीमा दशैँका बेला भने चहलपहल बढेको थियो ।

दशैँको टीका लगाएसँगै रोजगारीका सिलसिलामा आफ्नो कार्यस्थल फर्कनेहरूको यतिखेर बजारमा लर्को लागेको छ भने दुई–चार दिनका लागि भरिएका गाउँ बस्ती पुनःरित्तिन थालेका छन् । यात्रुको चापका कारण सवारीसाधनलाई यात्रु ओसार्न भ्याइ–नभ्याइ भएको छ ।

फर्कने यात्रुका कारण पोखराबाट काठमाडौँ र अन्य शहरमा जानेको चाप निकै बढेको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिनुभयो ।पोखराबाट काठमाडौँ र अन्य शहरमा जाने यात्रुवाहक बस खचाखच भरिएका छन् भने टिकट लिनका लागि काउन्टरमा सर्वसाधारणको लर्को देखिन्छ ।

समितिअन्तर्गतका एक हजार ३७८ वटा सवारी साधनमध्ये दशैँ शुरु भएयता एक÷दुई दिनबाहेक दैनिक लगभग ९० प्रतिशतले यात्रु ओसारपसार गर्ने गरेको अध्यक्ष साईले बताउनुभयो ।विजयादशमीको भोलिपल्टै कात्तिक ३ गते मात्रै ४०० भन्दा बढी बस पोखराबाट काठमाडौँ गएको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

त्यस्तै कात्तिक ४ गते समितिका ८०० भन्दाबढी सवारी साधनले यात्रुलाई सेवा दिएका थिए भने आज बिहानैदेखि काठमाडौँ जाने यात्रुको अत्यधिक चाप देखिएको छ ।“सरकारी तथा अन्य निजी कार्यालय खुले पनि कोजाग्रत पूर्णिमासम्म शैक्षिक संस्थामा पठनपाठन नभएका कारण आधाजसो फर्कने क्रममा नै छन्”, उहाँले भन्नुभयो, “कोजाग्रत र आसपासका एक÷दुई दिन यात्रुको सङ्ख्या निकै बढ्ने छ, दशैँमा आउनेको जस्तो यात्रुको चाप फर्किंदा भने केही कम हुने गरेको हाम्रो अनुभव छ ।”

विगतमा भन्दा यस वर्षको दशैँमा आपराधिक गतिविधि कम भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले बताउनुभयो ।टीका लगाएर फर्कनेको शहरी क्षेत्रमा निकै चाप देखिएको बताउँदै उहाँले लामो दूरीका बसमा विगतमा जस्तो बढी भाडा लिने गरेको गुनासो नआएको उल्लेख गर्नुभयो । केही ट्याक्सीले भाडा मनपरी लिएको भन्ने गुनासो आएसँगै उनीहरूलाई नियन्त्रणमा लिएर कारवाही गरिएको उहाँले जानकारी दिनुभयो ।