२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गान्धी विचारबाट मात्र एकता सम्भव– डा.महत



अ+ अ-

 

काठमाडौं, ५ कात्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले महात्मा गान्धीले देखाउनुभएको अहिंसा र शान्तिको मार्गबाट मात्र एकता सम्भव रहेको बताउनुभएको छ ।

गान्धी पिस फाउन्डेसन, साउथ एसियन फ्राटर्निटी र मिरा फाउण्डेनद्वारा भारतको जोधपुरमा आयोजना गरिएको ‘दक्षिण एसियामा सांस्कृतिक विविधता, शान्ति र न्याय’ विषयक चार दिने कार्यशालालाई सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले दक्षिण एसिया विश्वकै उच्च जनघनत्व भएको र सांस्कृतिक, भाषिक, भौगोलिक विविधता भएको क्षेत्र हो भन्नुभयो ।

पूर्व परराष्टमन्त्री समेत रहेका डा.महतले अहिंसा, शान्ति र न्यायपूर्ण व्यवस्थापनबाट मात्र विविधतामा एकता कायम हुनसक्ने र दक्षिण एसियाली देशहरुभित्र पारिवारिक सहयोग र शान्तिपूर्ण तरिकाबाट विवादहरुको समाधान उपयुक्त बाटो हुने धारणा राख्नुभयो ।

सहमहामन्त्री डा.महतले नेपालमा शान्तिपूर्ण आन्दोलनबाट नै समावेशी लोकतान्त्रिक संविधान जार िगर्न सम्भव भएको तर संविधानको कार्यान्वयन गर्न चुनौती रहेको बताउनभयो ।

महात्मा गान्धीले देखाउनुभएको अहिंसा र शान्तिको मार्गबाटै विविधताको बीचमा एकता, न्यायपूर्ण शासन र समृद्धि सम्भव हुने पनि उहाँले बताउनुभयो ।

उक्त गोष्ठीमा वरिष्ठ गान्धीवादी विचारक सतपाल ग्रोबरलगायत विभिन्न अग्रणी व्यक्तित्वहरुले आफ्नो बिचार राख्नुभएको थियो ।

उक्त गोष्ठीमा डा.महतसहित नेवि संघका केन्द्रीय सदस्य तथा इजु उपाध्यक्ष मदन भण्डारी र ने वि संघ भारतका महामन्त्री सूर्य न्यौपाने नेपालको तर्फबाट सहभागिता जनानुभएको थियो ।

उक्त गोष्ठीमा नेपाल र भारतसहित दक्षिण एसियाका विभिन्न देश तथा भारतका विभिन्न प्रान्तहरुबाट विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति तथा संघसंस्थाहरुको सहभागिता रहेको छ ।