३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गान्धी विचारबाट मात्र एकता सम्भव– डा.महत

गान्धी विचारबाट मात्र एकता सम्भव– डा.महत
अ+ अ-

 

काठमाडौं, ५ कात्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले महात्मा गान्धीले देखाउनुभएको अहिंसा र शान्तिको मार्गबाट मात्र एकता सम्भव रहेको बताउनुभएको छ ।

गान्धी पिस फाउन्डेसन, साउथ एसियन फ्राटर्निटी र मिरा फाउण्डेनद्वारा भारतको जोधपुरमा आयोजना गरिएको ‘दक्षिण एसियामा सांस्कृतिक विविधता, शान्ति र न्याय’ विषयक चार दिने कार्यशालालाई सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले दक्षिण एसिया विश्वकै उच्च जनघनत्व भएको र सांस्कृतिक, भाषिक, भौगोलिक विविधता भएको क्षेत्र हो भन्नुभयो ।

पूर्व परराष्टमन्त्री समेत रहेका डा.महतले अहिंसा, शान्ति र न्यायपूर्ण व्यवस्थापनबाट मात्र विविधतामा एकता कायम हुनसक्ने र दक्षिण एसियाली देशहरुभित्र पारिवारिक सहयोग र शान्तिपूर्ण तरिकाबाट विवादहरुको समाधान उपयुक्त बाटो हुने धारणा राख्नुभयो ।

सहमहामन्त्री डा.महतले नेपालमा शान्तिपूर्ण आन्दोलनबाट नै समावेशी लोकतान्त्रिक संविधान जार िगर्न सम्भव भएको तर संविधानको कार्यान्वयन गर्न चुनौती रहेको बताउनभयो ।

महात्मा गान्धीले देखाउनुभएको अहिंसा र शान्तिको मार्गबाटै विविधताको बीचमा एकता, न्यायपूर्ण शासन र समृद्धि सम्भव हुने पनि उहाँले बताउनुभयो ।

उक्त गोष्ठीमा वरिष्ठ गान्धीवादी विचारक सतपाल ग्रोबरलगायत विभिन्न अग्रणी व्यक्तित्वहरुले आफ्नो बिचार राख्नुभएको थियो ।

उक्त गोष्ठीमा डा.महतसहित नेवि संघका केन्द्रीय सदस्य तथा इजु उपाध्यक्ष मदन भण्डारी र ने वि संघ भारतका महामन्त्री सूर्य न्यौपाने नेपालको तर्फबाट सहभागिता जनानुभएको थियो ।

उक्त गोष्ठीमा नेपाल र भारतसहित दक्षिण एसियाका विभिन्न देश तथा भारतका विभिन्न प्रान्तहरुबाट विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति तथा संघसंस्थाहरुको सहभागिता रहेको छ ।