३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पुनःनिर्माणमा सहज

पुनःनिर्माणमा सहज
अ+ अ-

– रामहरि न्यौपाने
बेत्रावती, ६ कात्तिक ९रासस- साढे तीन वर्षअघि गएको विनाशकारी भूकम्पको कारण प्रभावित भएकालाई नेपाल सरकारले उपलब्ध गराएको विभिन्न सहयोग र अनुदान कार्यक्रमले पुनःनिर्माण अघि बढाउन सहयोग पुगेको लाभग्राहीले बताएका छन् ।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका संरचनाको भूकम्पलगायतका विपद् प्रतिरोधी आवास पुनःनिर्माण गर्न बैंकमार्फत नुवाकोटका ४३ जना लाभग्राहीले रु १५ लाखको दरले ऋण लिएका छन् ।

नेपाल सरकारले काठमाडाँै उपत्यकाभित्र घर बनाउनेलाई रु २५ लाख र उपत्यका बाहिर घर बनाउने भूकम्पपीडित लाभग्राहीलाई रु १५ लाखसम्म सहुलियत ब्याजदरमा ऋण दिने व्यवस्था कार्यान्वयनले आर्थिक अवस्था कमजोर भएकालाई घर निर्माण गर्न सहज भएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका सूचना अधिकारी सुन्दर पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म यहाँ सानिमा बैंकबाट १६ र प्राइम कमर्शियल बैंकबाट २७ जनागरी ४३ लाभग्राहीले दुई प्रतिशत ब्याजदरको रु १५ लाख रकम सुविधा लिएका छन् । रकम लिएकालाई आवास निर्माणको चरणअनुसार चार किस्तामा रु १५ लाखसम्म बैंकले लगानी गरेका हुन् ।

बैंकले सहुलियत ऋण उपलब्ध गरापछि भूकम्पले लडाएको घर पुर्ननिर्माण गर्न रकम अभावको समस्या हटेको सूर्यगढी गाउँपालिका–३ घर भएर हाल बट्टारमा आवास निर्माण गर्नुभएका लाभग्राही पर्शुराम श्रेष्ठले बताउनुभयो ।

भूकम्पपछि असामान्य बनेको जनजीवन र निरन्तर सञ्चालनमा रहेको जीविकोपार्जनको माध्यमसमेत खोसिएपछि घर बनाउन नसक्ने अवस्थामा अनुदानको ऋण कार्यान्वयनलाई सरल र सहज भए अन्य पीडितलाई पनि राहत पुग्ने र पुनःनिर्माण छिट्टो हुने उहाँको भनाइ छ ।

भूकम्पको कारण क्षति पुगेका संरचना पाँच वर्षभित्र पूरा गर्न सरकारले भूकम्पपीडित लाभग्राहीलाई सहयोगस्वरुप घोषणा गरेका विभिन्न कार्यक्रममध्ये दुई प्रतिशत ब्याजदरको सहुलियत ऋण धेरैको आकर्षण बने पनि रकम पाउन भने मुस्किल छ ।

जिल्लामा एक दर्जन भन्दाबढी बैंक भए पनि सानिमा र प्राइम बाहेकले रकम प्रवाह कार्यान्वयन गर्न बेवास्था गर्दै आएकाले तिनीलाई जिम्मेवार बनाउन पहल भइरहेको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो । उहाँका अनुसार राष्ट्र बैंकको निर्देशन र सामाजिक उत्तरदायित्व बहनअन्तर्गत सबैलाई अनिवार्य कार्यान्वयन गर्न दबाब दिने योजना छ ।

“हाल नेपाल सरकारको मुख्य लक्ष्य भूकम्पले क्षति पुगेको संरचना तोकिएको समयमा पुनःनिर्माण गर्नु रहेको छ ।” उहाँले भन्नुभयो, “त्यो पूरा गर्न अन्तर्राष्ट्रिय दाता सम्मेलनदेखि विभिन्न सहयोगका कार्यक्रम घोषणा गरेअनुसार कार्यान्वयन गर्नतर्फ पनि जिम्मेवारी हुनुपर्ने देखिन्छ ।”

सहुलियत ब्याजदरको ऋण प्रवाह कार्यविधिमा रहेको झण्झटिलो प्रक्रियाले सबैको पहुँचमा पु¥याउन कठिन भएको यहाँ रहेका बैंकहरुले बताएका छन् । लाभग्राहीले घर निर्माणको चरणअनसार चार किस्तामा रु १५ लाख ऋण पाउने र घर सम्पन्न भएपश्चात दुई प्रतिशत ब्याजसहित साँवा रकमको किस्ता दश वर्षभित्र तिर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
नुवाकोटमा ७६ हजार ४०६ भूकम्पपीडित लाभग्राहीमध्ये हालसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राही २६ हजार ८३९ मात्र रहेको स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।