२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनःनिर्माणमा सहज



अ+ अ-

– रामहरि न्यौपाने
बेत्रावती, ६ कात्तिक ९रासस- साढे तीन वर्षअघि गएको विनाशकारी भूकम्पको कारण प्रभावित भएकालाई नेपाल सरकारले उपलब्ध गराएको विभिन्न सहयोग र अनुदान कार्यक्रमले पुनःनिर्माण अघि बढाउन सहयोग पुगेको लाभग्राहीले बताएका छन् ।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका संरचनाको भूकम्पलगायतका विपद् प्रतिरोधी आवास पुनःनिर्माण गर्न बैंकमार्फत नुवाकोटका ४३ जना लाभग्राहीले रु १५ लाखको दरले ऋण लिएका छन् ।

नेपाल सरकारले काठमाडाँै उपत्यकाभित्र घर बनाउनेलाई रु २५ लाख र उपत्यका बाहिर घर बनाउने भूकम्पपीडित लाभग्राहीलाई रु १५ लाखसम्म सहुलियत ब्याजदरमा ऋण दिने व्यवस्था कार्यान्वयनले आर्थिक अवस्था कमजोर भएकालाई घर निर्माण गर्न सहज भएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका सूचना अधिकारी सुन्दर पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म यहाँ सानिमा बैंकबाट १६ र प्राइम कमर्शियल बैंकबाट २७ जनागरी ४३ लाभग्राहीले दुई प्रतिशत ब्याजदरको रु १५ लाख रकम सुविधा लिएका छन् । रकम लिएकालाई आवास निर्माणको चरणअनुसार चार किस्तामा रु १५ लाखसम्म बैंकले लगानी गरेका हुन् ।

बैंकले सहुलियत ऋण उपलब्ध गरापछि भूकम्पले लडाएको घर पुर्ननिर्माण गर्न रकम अभावको समस्या हटेको सूर्यगढी गाउँपालिका–३ घर भएर हाल बट्टारमा आवास निर्माण गर्नुभएका लाभग्राही पर्शुराम श्रेष्ठले बताउनुभयो ।

भूकम्पपछि असामान्य बनेको जनजीवन र निरन्तर सञ्चालनमा रहेको जीविकोपार्जनको माध्यमसमेत खोसिएपछि घर बनाउन नसक्ने अवस्थामा अनुदानको ऋण कार्यान्वयनलाई सरल र सहज भए अन्य पीडितलाई पनि राहत पुग्ने र पुनःनिर्माण छिट्टो हुने उहाँको भनाइ छ ।

भूकम्पको कारण क्षति पुगेका संरचना पाँच वर्षभित्र पूरा गर्न सरकारले भूकम्पपीडित लाभग्राहीलाई सहयोगस्वरुप घोषणा गरेका विभिन्न कार्यक्रममध्ये दुई प्रतिशत ब्याजदरको सहुलियत ऋण धेरैको आकर्षण बने पनि रकम पाउन भने मुस्किल छ ।

जिल्लामा एक दर्जन भन्दाबढी बैंक भए पनि सानिमा र प्राइम बाहेकले रकम प्रवाह कार्यान्वयन गर्न बेवास्था गर्दै आएकाले तिनीलाई जिम्मेवार बनाउन पहल भइरहेको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो । उहाँका अनुसार राष्ट्र बैंकको निर्देशन र सामाजिक उत्तरदायित्व बहनअन्तर्गत सबैलाई अनिवार्य कार्यान्वयन गर्न दबाब दिने योजना छ ।

“हाल नेपाल सरकारको मुख्य लक्ष्य भूकम्पले क्षति पुगेको संरचना तोकिएको समयमा पुनःनिर्माण गर्नु रहेको छ ।” उहाँले भन्नुभयो, “त्यो पूरा गर्न अन्तर्राष्ट्रिय दाता सम्मेलनदेखि विभिन्न सहयोगका कार्यक्रम घोषणा गरेअनुसार कार्यान्वयन गर्नतर्फ पनि जिम्मेवारी हुनुपर्ने देखिन्छ ।”

सहुलियत ब्याजदरको ऋण प्रवाह कार्यविधिमा रहेको झण्झटिलो प्रक्रियाले सबैको पहुँचमा पु¥याउन कठिन भएको यहाँ रहेका बैंकहरुले बताएका छन् । लाभग्राहीले घर निर्माणको चरणअनसार चार किस्तामा रु १५ लाख ऋण पाउने र घर सम्पन्न भएपश्चात दुई प्रतिशत ब्याजसहित साँवा रकमको किस्ता दश वर्षभित्र तिर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
नुवाकोटमा ७६ हजार ४०६ भूकम्पपीडित लाभग्राहीमध्ये हालसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राही २६ हजार ८३९ मात्र रहेको स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।