३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कात्तिकभर एकीकरण, मंसिरमा देशव्यापी अभियान

कात्तिकभर एकीकरण, मंसिरमा देशव्यापी अभियान
अ+ अ-

६ कात्तिक, काठमाडौं । दशैं मनाएर बैठकमा बसेका सत्तारुढ नेकपाका हाईकमाण्डका नेताहरु दुई दिनसम्म मन माझामाझमै अल्झिएपछि पार्टी एकताको बिजनेशमा सचिवालय बैठकले प्रवेश नै पाएन । यो एजेण्डामा बुधबार छलफल हुँदैछ ।

कात्तिक ४ र ५ गतेको सचिवालय बैठकमा शीर्षनेताहरु आ–आफ्ना असन्तुष्टि र गुनासा सुनाउन केन्द्रित भएकाले कात्तिक ७ गते मातहत कमिटी एकीकरणको सन्दर्भमा छलफल हुने नेताहरुले बताएका छन् ।

९ सदस्यीय नेकपाको केन्द्रीय सचिवालयलाई पार्टीको मूल नेतृत्व अर्थात हाइकमाण्ड भनिएको छ । तत्कालीन एमाले र माओवादीका मुख्य नेताहरु सहभागी रहेको सचिवालयलाई कार्यकर्ताले ‘लिडरशीप’ भन्ने गरेका छन् । केही समयमयता ‘लिडरशीप’ मै रहेका नेताहरु असन्तुष्ट थिए ।

असहमति सकियो, अब समस्या छैन

पार्टीभित्र देखिएको समस्याको समाधान दुई दिनको सचिवालय बैठकले ‘उन्नत हिसाब’बाट पार लगाएको नेकपाका महासचिव विष्णु पौडेलले अनलाइनखबरलाई बताए । उनले नेकपाको लिडरशीपमा असमझदारी उत्पन्न गराएर पार्टीमा बिग्रह आएको हेर्न चाहने शक्तिहरु परास्त भएको दाबीसमेत गरे ।

महासचिव पौडेलका अनुसार नेताहरुले उठाएका सबै विषयमा खुलस्त छलफल भएर आगामी दिनमा अझ एकतावद्ध हुने निर्णय बैठकले गरेको छ ।

अनलाइखबरसँग कुरा गर्दै महासचिव पौडेलले भने, ‘हिजो र अस्तिको सचिवालय बैठक असाधारण रुपमा राम्रो भएको छ । सबै विषयमा खुलस्त छलफल भयो । अत्यन्त समझदारीपूर्ण ढंगले उन्नत निष्कर्षमा पुगेका छौं ।’

पौडेलले अगाडि भने, ‘हाम्रो पार्टीभित्र विग्रहको अपेक्षा गर्ने शक्ति र प्रवृत्तिहरुले बुझे हुन्छ कि यो पार्टीमा विग्रह सम्भव छैन ।’

पौडेलले यसो भनिरहँदा प्रदेश कमिटीका पदाधिकारी चयन गर्ने अघिल्लो केन्द्रीय सचिवालय बैठकको निर्णयमा माधव नेपाल र नारायणकाजी श्रेष्ठको असहमति भने कायमै छ । दुवैनेताले आफ्नो असहमतिलाई स्थायी कमिटीमा लैजाने अनुमति बैठकबाट पाएका छन् । स्थायी कमिटी बैठक कात्तिक १२ र १३ गते बस्दैछ ।

यद्यपि सचिवालयको निर्णयमा नेपाल र श्रेष्ठले नोट अफ डिसेन्ट लेखेको हल्ला भने गलत रहेको महासचिव पौडेलले बताए । उनले पार्टीभित्र खुला र खुलस्त ढंगले सबै नेताहरु छलफलमा सहभागी भएको र लिडरशीप एकताबद्ध रहेको दाबी गरे ।

यसपटक नेताहरुबीच उन्नतस्तरबाट एकता कामय भएको पौडेलको दावी छ । अनलाइनखबरसँग कुरा गर्दै पौडेलले भने, ‘हाम्रो परस्पर विश्वासमा कुनै समस्या छैन, लिडरशीप एकतावद्ध छ । अब सिंगो पार्टी एकतावद्ध रहनेछ । अनेकताको खोजी गर्ने शक्ति र प्रवृति निराश हुन्छन् ।’

कात्तिकभित्रमा सबै कमिटी एकीकरण

सबै तहका कमिटीहरु एकीकरण गरिसकेपछि पार्टीले देशव्यापी रुपमा कम्युनिस्ट एकताको लहर सिर्जना गर्ने पौडेलले बताए ।

नेकपाको बुधबार बस्ने सचिवालय बैठकले प्रदेश कमिटीहरुलाई पूर्णता दिने पौडेलको भनाइ छ । त्यसपछि जिल्ला कमिटीहरु गठन प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।

दुवै अध्यक्षसँगको परामर्शमा महासचिव पौडेलले एकीकरणको थप मापदण्ड तयार पारेका छन् । सोही आधारमा प्रदेश र जिल्ला कमिटी एकीकरणको टुंगो स्थायी कमिटी बैठकबाट लगाउने तयारी छ ।

अब पार्टीका मातहत कमिटी एकीकरण प्रक्रियामा माधव नेपाल लगायतका नेताहरुको असन्तुष्टि नरहने गरी विधि प्रक्रिया मिलाइने दाबी महासचिवको छ । प्रदेश ३ लगायत कतिपय प्रदेश कमिटीले विभिन्न जिल्लाका स्थानीय तहको एकीकरण अघि बढेको छ ।

पार्टीको सर्कुलर अनुसार नै उनीहरुले काम गरिरहेको महासचिव पौडेलले बताए । कात्तिक महिनाभित्र एकीकरणको काम टुंगो लगाउने गरी सचिवालयले योजना बनाउँदैछ ।

विभाग गठनपछि देशव्यापी अभियान

कात्तिक महिनाभित्र प्रदेश, जिल्ला, स्थानीय तह र वडा कमिटीसम्मको एकीकरण टुंगो लगाउने गृहकार्य भइरहेको नेकपा स्रोतले जनाएको छ । यसबीचमा जनवर्गीय संगठनहरुको पनि एकीकरण टुंगो लगाउने र मंसिरदेखि देशब्यापी अभियान सञ्चालन गर्ने तयारी छ ।

सोमवार सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पनि पार्टी र सरकारविरुद्ध विभिन्न माध्यमबाट आक्रमण भइहरँदा त्यसको संगठित प्रतिवाद हुन नसकेको भन्दै एकीकरण प्रक्रिया चाँडो टुंग्याउनुपर्ने बताएका थिए । प्रचण्डले मंसिरबाट मेचीदेखि महाकालीसम्म एकसाथ पार्टी एकता सन्देशसभा र सरकार तथा पार्टीको पक्षमा जनपरिचालन गर्ने बताएका छन् ।

नेकपाको स्थायी कमिटी बैठकले पार्टी एकीकरणका प्रक्रिया टुंगो लगाउनुका साथै त्यसपछि कार्यकर्ता तथा जनपरिचालनसम्बन्धी योजना पनि बनाउने स्रोतले जनाएको छ । यसबीचमा पोलिटब्यूरो गठन गर्नुपर्ने दबाव पनि नेतृत्वमाथि परेको छ । केन्द्रीय कमिटीको एक तिहाई अर्थात १४५ देखि १४७ सदस्यीय पोलिटब्यूरो गठन गर्ने तयारी छ ।

अनलाइनखबर डटकममा समाचार छ ।