३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रेस काउन्सिलमा विद्युतीय मिडियाका उजुरी बढे

प्रेस काउन्सिलमा विद्युतीय मिडियाका उजुरी बढे
अ+ अ-

काठमाडौँ, ७ कात्तिक (रासस) पछिल्लो तीन महिनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । यस आर्थिक वर्ष २०७५÷७६ को गत साउनदेखि असोज मसान्त सम्ममा विद्युतीय माध्यममा ३७ वटा र छापा माध्यममा १४ वटा गरी ५१ वटा उजुरी परेका हुन् ।

विद्युतीय माध्यममा परेका ३७ वटा उजुरीमध्ये ११ वटा फछ्यौट भएको र २६ वटा कारबाही प्रक्रियामा रहेको काउन्सिलका निमित्त मुख्य अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो ।

छापामाध्यममा परेका १४ वटा उजुरीमध्ये चार वटा फछर्यौट भएको र १० वटा कारबाही प्रक्रियामा छन् । यी ५१ उजुरीमध्ये अधिकांश उजुरी झुटा समाचार प्रकाशन प्रसारण गरेको, चरित्र हत्या गरेको, मानहानी भएको लगायतका विषयमा छन् ।

आर्थिक वर्ष २०७४÷७५ मा १६५ वटा, आव २०७३÷७४ मा ११२, २०७२÷७३ मा १०१, आव २०७१÷७२ मा ५१, आव २०७०÷७१ मा ३९ र २०६९÷७० मा ४६ वटा उजुरी परेका थिए ।

विगतको तुलनामा पत्रकार आचारसंहिता उल्लङ्घनका घटनालाई लिएर उजुरी पर्ने क्रम बढ्दै गएको काउन्सिलले जनाएको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचारबारे काउन्सिल आफैँले समेत अनुगमन गर्दै आएको छ ।

पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमध्ये सबैभन्दा बढी अनलाइन पत्रिकाले आचारसंहिता उल्लङ्घन गर्ने गरेको सूचना अधिकारी खनालको भनाइ छ । विसं २०७४ माघ ७ गतेदेखि अनलाइन माध्यमबाट पनि उजुरी गर्न पाउने व्यवस्था गरेपछि उजुरीको सङ्ख्या बढ्दै गएको काउन्सिलले जनाएको छ ।

आचारसंहिता उल्लङ्घन गर्नेलाई काउन्सिलले अन्तिम कारबाहीस्वरुप सूचना विभागबाट वितरण गरिने प्रेस पास निलम्बन गर्ने, काउन्सिलको मूल्याङ्कन वर्गीकरणबाट अलग गर्ने, खेद प्रकट गर्ने र कारबाहीका लागि विवरणसहित सार्वजनिक रुपमा प्रकाशन प्रसारण गर्न सक्नेछ ।

प्रेस काउन्सिल पत्रपत्रिका र पत्रकारसँग सम्बन्धित भएको हुनाले सूचना विभागले दिँदै आएको ‘पत्रकार प्रेस पास’ काउन्सिलले नै वितरण गर्नुपर्ने काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको भनाइ छ । “२६ वर्ष पुरानो काउन्सिलको ऐनलाई संशोधन गरेर हामी नयाँ ऐन ल्याउने तयारीमा छौँ, जसले सबै सञ्चारमाध्यम र पत्रकारलाई समेट्नेछ”– कार्यवाहक अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि नियमनकारी भूमिका निर्वाह गर्न २०२८ सालमा काउन्सिलको स्थापना भएको हो । नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी गरेको छ ।

आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्नुपर्ने, सत्य–तथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने र समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गर्नुपर्नेलगायत १५ बुँदा उल्लेख गरिएको छ ।

काउन्सिलले पछिल्लो तीन महिनामा पत्रकार कल्याण कोषबाट सात जना पत्रकारलाई रु ८० हजार रकम औषधोपचार सहायताका लागि प्रदान गरेको छ । त्यसैगरी मिडिया विकास कोषबाट चार सञ्चार माध्यमलाई रु एक लाख ५७ हजार ९४३ सहयोग प्रदान गरेको छ ।

पत्रकार आचारसंहिता उजुरी र कारबाहीसम्बन्धी कार्यविधि, २०७५ निर्माण कार्य अन्तिम चरणमा पुगेको काउन्सिलले जनाएको छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहितासँगै सञ्चार माध्यम आफैँ पनि आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।