३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

उद्यमशील बन्दै महिला

उद्यमशील बन्दै महिला
अ+ अ-

 

काठमाडौँ, ७ कात्तिक (रासस)ः चितवन–भरतपुर महानगरपालिका–१७ की अनिता थापाले बङ्गुर पालन र अदुवाखेतीबाट मासिक करीब रु ६० हजार आम्दानी गर्नुहुन्छ ।

दलित महिला उत्थान सङ्घ (एड्वान) को आर्थिक सहयोगमा अनिताले बङ्गुर पालन व्यवसायसँगै भुइकटहर, अदुवा, बेसार र मौसमअनुसारका तरकारी खेतीसमेत गर्दै आउनुभएको हो । “बङ्गुर मासुको लागि बिक्री हुन्छ, बङ्गुरको एउटा पाठोलाई करीब रु छ हजार पर्छ, एक पटकमा बङ्गुरले करीब १२÷१३ पठापाठी जन्माउँछ, अहिले मसँग चार माउ बङ्गुर छन्, बङ्गुर मात्रै पाल्ने हो भने पनि राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

गोरखा–फुजेल गाउँपालिका–४ की विना श्रेष्ठले पनि एक याममा तरकारीबाट कम्तिमा रु ५० हजार आम्दानी गर्दैै आउनुभएको छ । गत वर्ष मात्रै कुखुरा बेचेर रु एक लाखभन्दा बढी नाफा कमाउनुभएकी उहाँले कृषक जनजागृति समूह गठन गरेर त्यहाँ पैसा जम्मा गर्ने र आवश्यक मात्रामा झिक्ने गर्दै आउनुभएको छ ।

आजभन्दा ७/८ वर्ष पहिले शुरुमा एड्वानले कुखुरा पालन र च्याउखेतीका लागि तालीमसँगै सस्तो व्याजमा लगानीसमेत गरिदिएपछि विनाले आफ्नो व्यवसाय शुरु गर्नुभएको हो । रु २० हजार लगानीबाट कुखुरा पालन व्यवसाय शुरु गर्नुभएकी विनाले अहिले दुई हजार लेयर्स कुखुरा पाल्नुभएको छ । उहाँले कुखुरा मात्रै होइन, काउली, बन्दा, आलु र प्याजलगायत मौसमअनुसारका तरकारीबाट समेत मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

एड्वानले अझै सहयोग गरेका खण्डमा आफ्नो व्यवसायलाई अझै बढाउने मन छ विनाको । शुरुमा कुखुराको खोर बनाउन करीब रु १२ लाख खर्च लागेको हुँदा अहिले विनाको पैसा जोगिएको छैन । उहँकै देखासिकी गरेर फुजेलका अन्य महिलाले समेत सानोतिनो भए पनि व्यवसाय गरेर आत्मनिर्भर हुन थालेका छन् ।

“हामीले ग¥र्र्यौ भने नसक्ने केही पनि रैनछ, गर्न सके स्वदेशमै कृषि पेशाबाटै राम्रो आम्दानी गर्न सकिन्छ, कोही पनि नेपाली विदेश जानु पर्दैन”, विनाले भन्नुभयो । गोरखा–शहीद लखन गाउँपालिकाकी सीता नेपालीले पनि सिलाइबुनाइको तालीमपछि त्यही पेसाबाट अहिले मासिक रू १५ हजार आम्दानी गर्नुहुन्छ । गोरखाकी विना, सीता र चितवनकी अनिता मात्र होइन, बागलुङकी शिल्पा रुचालले पनि एड्वानको सहयोगमा विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्नुभएको हो । उक्त संस्थाले ग्रामीण क्षेत्रका दलित, महिला, सीमान्तकृत तथा अतिविपन्न समुदायमा आयआर्जनका सीपसमेत सिकाउँदै आएको छ । एड्वानले सीप मात्रै सिकाउँदैन, सीप सिकाइसकेपछि व्यापार÷व्यावसाय गर्न आर्थिक सहयोगसमेत गर्दै आएको छ ।

विसं २०५५ मा स्थापना भएको उक्त संस्थाले विपन्न समुदायका महिलालाई उद्यमशील बनाउनुका साथै अर्घाखाँची, गोरखा, चितवन, बागलुङ र तनहुँलगायत जिल्लामा आर्थिक अवस्था कमजोर भएका हजारभन्दा बढी विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । “यो संस्था स्थापना भएदेखि नै महिलालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ, र विपन्न समुदायका विद्यार्थीलाई कसरी विद्यालयको पहुँचसम्म पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गर्दै आएको छ”, एड्वानकी अध्यक्ष पम्फा परियारले भन्नुभयो ।

यो वर्ष मात्रै कक्षा ११ र १२ का अति विपन्न, जेहेन्दार, दलित तथा उत्पीडनमा परेका समुदायका करीब १०० भन्दा बढी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको यस संस्थाले विसं २०५९ देखि २०६८ सम्म विद्यालय पोशाक वितरण कार्यक्रमसमेत सञ्चालन गरेको थियो । जसबाट गोरखा, बागलुङ, अर्घाखाँची, चितवन, मुगु, झापा र इलामका १५ हजार ६७३ छात्रछात्रा लाभान्वित भएका थिए ।

भर्खरै चितवनमा सम्पन्न एड्वानको १९औँ साधारणसभाले आगामी दिनमा आफ्नो कार्यसम्पादनमा परिवर्तन ल्याउनुका साथै केन्द्रदेखि स्थानीय तहसम्मका पुराना कार्यक्रम पद्धतिलाई परिवर्तन गर्नाका साथै केन्द्र र समुदायबीच समन्वयत्मक भूमिका निर्वाह गर्ने नीति लिएको छ । उक्त संस्थाले आर्थिक वर्ष २०७५/७६ मा गोरखा, तनँहु, बागलुङ, अर्घाखाँची र चितवन जिल्लामा शाखा कार्यालयसमेत खोल्ने भएको महासचिव विन्दु परियारले जानकारी दिनुभयो । राज्यको मूलधारबाट पछाडि परेका गरीब, दलित, महिलालगायत अति सिमान्तकृत सुमदायलाई शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक रूपमा सशक्त बनाउनु एड्वानको मुख्य उद्देश्य रहेको छ ।

उक्त संस्थाले गरीब, दलित तथा उत्पीडित समुदायको अधिकारका लागि पैरवी, महिला नेतृत्व विकासका साथै बालिका तथा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने विषयलाई मुख्य रूपमा अगाडि बढाउँदै आएको छ ।