२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस होसियार भउ, प्रचण्डले भ्याइदिन्छन् – केपी शर्मा ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली काँग्रेसलाई आग्रह गर्नु भएको छ । 

अध्यक्ष ओलीले प्रचण्ड काँग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गर्नु भएको हो । बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको र्साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उहाँले प्रचण्डले काँग्रेसलाई बिगार्न समातेको दावी समेत गर्नु भयो । उहाँले आफूहरुलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड काँग्रेसको पछि लागेको समेत भन्न भ्याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘काँग्रेसको पछि लाग्ने प्रचण्डको पछि लागेर देश बन्छ ? बहुमतको कम्युनिष्ट पार्टी फुटाएर चोईटो लिएर कुँदने त्यस्ताहरुको पछि लागेर देश बन्छ ? प्रचण्डले सधै समस्या खडा गर्ने । हामीलाई बिगार्न खोजेका थिए । नविग्रिने देखेपछि टाप । का विग्रन्छ एमाले ? अव काँग्रेसलाई समातेछ । म काँग्रेसलाई चेतावनी दिन चाहन्छु–काँग्रेस होसियार । प्रचण्डले भ्याई दिन्छन । हामीलाई भ्याउन खोजेका थिए प्रचण्डले, सकेनन् ।’

अध्यक्ष ओलीले काँग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्द भन्ने कल्पना नगर्न समेत पटकपटक आग्रह गर्नु भयो । उहाँले सञ्चार क्षेत्रमा बाह्य लगानी भित्र्याएर मुलुकलाई डरलाग्दो अवस्था पु¥याउने प्रयास भईरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा लाग्न पनि साईबर सर्कललाई आग्रह गर्नु भयो । उहाँले राष्ट्र, राष्ट्रियता, मुलुकको समृद्धि र विकासका लागि वातावरण बनाउने काममा सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘नदेखिनेगरी बाह्य लगानी  सञ्चारको क्षेत्रमा यो डरलाग्दो कुरा छ । सञ्चारको माध्यमबाट सूचना, सूचना प्रविधि, यो सबै कुरा हातमा लिने । र त्यसलाई प्रयोग गरेर गलत बाटोमा र लगानीकर्ताहरुको हितमा त्यसलाई प्रयोग गर्ने, दूरुपयोग गर्ने र राजनीतिलाई विकृत बनाउने, समाजको अग्रगमणलाई अवरोध खडा गर्ने, राष्ट्रिय एकतालाई कमजोर पार्ने, देशभित्र विभिन्न छिद्रहरु खोजेर त्यहाँ पहिलो धाँजा बनाउने अनि धाँजामा फेसा ठोकेर, फेसा ठोक्दै जाने र त्यसलाई बढाउँदै जाने र समाजलाई विभाजित गर्ने यस्ता प्रयासहरु भईरहेका छन । 

सञ्चार माध्याम यसका निम्ति जनचेतना फैल्याउने वा जनचेतनालाई अलमलमा पार्ने । राष्ट्रका निम्ति वातावरण निर्माण गर्ने वा राष्ट्रको हितका निम्ति, विकासका निम्ति, अग्रगमनका निम्ति वातावरण तयार गर्ने अथवा राष्ट्रहित विपरित गतिविधि संचालन गर्ने यस्तो कुराहरुका लागि यो क्षेत्र बहुतै महत्वपूर्ण भूमिका खेल्न सक्ने क्षेत्र त्यसैलाई बुझेर यहाँहरुले काम गरिरहनु भएको छ ।’

अध्यक्ष ओलीले सर्वोच्च अदालतमा भईरहेका गतिविधिको मुख्य दोषी पनि सत्तारुढ गठबन्धन भएको आरोप लगाउनु भयो ।

यो पनि पढ्नुस्ः माधव नेपाललाई ओलीको जवाफ – सात वर्षअगाडि को ‘चुर–चुर’ भएको थियो ?

                    वकिल सा’बहरु कम्फु कराते खेल्नुभएको पाँच दलको कानुनी क्षेत्रको रिफ्लेक्शन हो – अध्यक्ष ओली