२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन रेल सेवाको सर्भेक्षण हुँदै



अ+ अ-

 

 

काठमाडौँ, ८ कात्तिक (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताउनुभएको छ ।

भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीसँग कुरा गर्दै उहाँले सरकारले कृषिको आधुनिकीकरण, ऊर्जा, रेलमार्ग र अन्य विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।
महासचिव यचुरीले नेपालको विकास, ऊर्जा र पयर्टनका सम्भावनाका बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले विद्युत् उत्पादनलाई प्राथमिकतामा राखिएको तथा सौर्य ऊर्जा, जीओ थर्मल र गुरुत्व आकर्षणबाट विद्युत् उत्पादन गर्ने प्रक्रिया पनि अघि बढेको बताउनुभयो । सो अवसरमा भाकपा(माक्र्सवादी)का केन्द्रीय सदस्य जोगेन्द्र शर्मा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, नेकपाका केन्द्रीय सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजाल सहभागी हुनुहुन्थ्यो ।




भर्खरै