३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सहमहामन्त्री डा.महतको प्रश्न– मुलुकको अर्थतन्त्र कता जाँदैछ ?

सहमहामन्त्री डा.महतको प्रश्न– मुलुकको अर्थतन्त्र कता जाँदैछ ?
अ+ अ-

 


पोखरा, ९ कात्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारको आर्थिक नीति तथा क्रियाकलापले मुलुकमा समृद्धि आउँछ भनेर कल्पना पनि गर्न नसकिने बताउनुभएको छ ।

नेपाली काँग्रेसको आर्थिक नीति सुझाव संकलनका लागि पोखरामा आयोजित ४ नम्बर प्रदेशस्तरीय गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो– भाषणले समृद्धि आउँदैन, बोलेर मात्र हुने भए कम्युनिष्टहरुले देशमा उहिलेदेखि नै ठूला ठूला आश्वासन दिएका छन्, धेरै बोलेका छन् ।
सरकारका अहिलेकै क्रियाकलापबाट देशमा आर्थिक विकास र समृद्धि सम्भव नभएको भन्दै उहाँले भन्नुभयो– प्रधानमन्त्री त भाषणैपिच्छे समृद्धिको कुरा गर्नुहुन्छ, उहाँ कहिले भान्सामा ग्याँस त कहिले बिजुलीको तार जोड्ने कुरा गर्नुहुन्छ तर त्यसको कुनै छाँट छनक जनताले पाउन नसकेकोले अब नेपाली जनताले पत्याउन छोडिसकेका छन् ।

सहमहामन्त्री डा. महतले देशको अर्थतन्त्र प्रतिदिन ह्रासोन्मुख हुदै गएको, सरकारले मुलुकको अर्थतन्त्रलाई चलायमान र उर्भर बनाउने खालका नयाँ नयाँ कार्यक्रमहरु ल्याउन नसकेको र सरकारका क्रियाकलाप र उसको आर्थिक नीतिका कारण देशमा समृद्धिको सपना देख्नै कठिन भएको धारणा राख्दै प्रश्न गर्नुभयो– अब भाषण गर्न छोडेर उहाँले नै सोच्दा हुन्छ कि देशको अर्थतन्त्र कता जाँदैछ ?

यो देशको आर्थिक विकास नेपाली काँग्रेसको सरकारले मात्र गर्नसक्ने र त्यस्तो ‘भिजन’ काँग्रेससँग मात्र रहेको उहाँले बताउनुभयो । उहाँले अहिले देशको आर्थिक अवस्थाको मूल्यांकन गरी देशको अर्थतन्त्र कता जाँदैछ भन्ने बारेमा काँग्रेसले नै देशव्यापी रुपमा अभियान चलाउनुपर्ने बताउनुभयो ।
विपी कोइरालाले विसं २०१० मा नै प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको स्मरण गर्दै डा.महतले भन्नुभयो– नेपाली काँग्रेसको आर्थिक नीति पनि प्रजातान्त्रिक समाजवादबाटै प्रेरित छ र त्यसप्रति अहिले पनि काँग्रेस प्रतिबद्ध छ ।

प्रजातान्त्रिक समाजवाद भनेको वस्तुको उत्पादन र वितरण हो भन्दै उहाँले भन्नुभयो– देशमा उत्पादन बढाउने, उत्पादनको पहूँचमा आम नेपालीलाई पु¥याउने अनि त्यो उत्पादनको वैज्ञानिक एवम् समानुपातिक वितरण गर्ने कार्यबाट नै प्रजातान्त्रिक समाजवाद साकार हुन्छ, यो नै नेपाली काँग्रेसको आर्थिक नीतिको मूलमन्त्र हो ।

मुलुकमा कृषि, औद्योगिक र हरेक आर्थिक क्षेत्रको उत्पादन बढाउने काममा अब काँग्रेसको नीति केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । काँग्रेस यो सबै काम सरकारबाट मात्र हुन्छ भन्ने कुरामा विश्वास गर्दैन बरु उसले उत्पादन बढाउने काममा आम नेपालीलाई उत्साहित गर्छ र त्यसका लागि आवश्यक पर्ने सबै वातावरणको निर्माण गरिदिन्छ ।

काँग्रेस जहिले पनि आर्थिक क्रियाकलाप र यसम्बन्धी नीतिहरुको निर्माण पारदर्शी रुपमा गर्ने गरेको र अब पनि राजनीतिक संक्रमण भनेर बस्ने मात्र नभई संघीय शासन व्यवस्थामा प्रवेश गरिसकेको देशलाई आर्थिक रुपमा समृद्ध बनाउने एजेण्डाकासाथ अघि बढ्ने नीतिको पक्षमा रहेको भन्दै त्यसका लागि देशव्यापी अभियान चलाउन काँग्रेसका सबै कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो ।