२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्याकाण्डमा सरकार पानीमाथिको ओभानो – डा बाबुराम भट्टराई



अ+ अ-

 

 

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा सरकारले पानीमाथिको ओभानो हुने प्रयत्न गरेको आरोप लगाएका छन् ।

गृहमन्त्रालयले घटनामा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न र प्रमाण नष्ट गर्न लागिपरेका दुई प्रहरी अधिकारीलाई “भविष्यमा अयोग्य नठहरिने गरी” बर्खास्त गरेर पानीमाथिको ओभानो हुने प्रयत्न गरेको डा भट्टराईको आरोप छ ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै डा भट्टराईले प्रत्यक्ष संलग्नहरुलाई त्यत्तिकै छाड्न लागिएको आरोपसमेत लगाएका छन् ।

उनको फेसबुक स्टाटस यस्तो छ –‘निर्मला पन्त बलात्कार(हत्या प्रकरणमा सरकारले तीन महिनापछि सो घटनामा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न र प्रमाण नष्ट गर्न लागिपरेका दुइ प्रहरी अधिकारीलाई “भविष्यमा अयोग्य नठहरिने गरी” बर्खास्त गरेर पानीमाथिको ओभानो हुने प्रयत्न गरेको छ।

बलात्कार–हत्या जस्तो जघन्य अपराधको प्रमाण जानीबुझी नष्ट गर्नु झन् ठूलो अपराध हैन ? त्यसको अर्थ ती प्रहरीलाई अपराधी को हो भन्ने थाहा छ भन्ने प्रष्ट हुन्न र  ? त्यसवापत तिनलाई पक्रेर वास्तविक अपराधी पत्ता लगाउनु पर्दैन ?

त्यस्तै बम दिदीबहिनीका सबै हर्कतले उनीहरू अपराधमा संलग्न छन् भन्ने निर्मलाका आमाबाबु (मसंगको फोन कुराकानी) र स्थानीय जनताको जबर्जस्त भनाइ छँदाछँदै उनीहरूलाई गम्भीर केरकार र अनुसन्धान नगरी किन छाडा छोडिदैछ ?

स्पष्ट छ यो काण्डमा शक्तिशालीहरू मुछिएका छन् र सरकारी संयन्त्र अपराधीलाई जोगाउन लागीपरेको छ।

निर्मला पन्त अब सबै नेपालीकी छोरी बनिसकेकी छन्। उनी एउटा व्यक्ति मात्र नभएर दिनहुँ बलात्कारहत्याको शिकार भैरहेका महिलाहरूको प्रतिनिधि पात्र बनेकि छन् !

सबै नेपाली जहाँसुकै भए पनि निर्मलालाई न्यायको निम्ति आन्दोलनमा सहभागी बनौं ! वास्तविक अपराधीलाई पक्रेर कडा सजाय नहोउन्जेल दबाब जारी राखौं !!