३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गुण र दोषको आधारमा सरकारको मूल्यांकन गछौँ— डा महत

गुण र दोषको आधारमा सरकारको मूल्यांकन गछौँ— डा महत
अ+ अ-


वीरगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले काँग्रेसले गुण र दोषको आधारमा सरकारको मूल्यांकन गरिरहेको बताउनुभएको छ ।

शनिबार बिहान वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो— नेपाली काँग्रेसले विना आधार कहिल्यै कुरा नगर्ने भएकोले सरकारको मूल्यांकन र आलोचना पनि गुण र दोषको आधारमा गर्दछ ।
डा.महतले भन्नुभयो— तर दुःखको कुरा यो छकि सरकारले छ महिना बिताइसकेको छ, हामीले सरकारलाई आलोचना गर्न नमिल्नेगरी सरकारको कुनै गुण भेटेका छैनौँ, किनभने सरकार आफैले नै एक दुई गरेर कुनै राम्रो काम गरेको देखाउन सकेको छैन ।
कुरा मात्र गर्ने तर काम नगर्ने प्रवृत्तिका कारण सरकारले काम गर्न नसकेको उहाँको भनाई थियो । डा.महतले भन्नुभयो, देश बनाउनलाई समर्पण, जिम्मेवारी र प्रतिबद्धता चाहिन्छ तर वर्तमान सरकारमा यी कुराको कमी छ, त्यसैले जनतामा निराशा थपिरहेको छ ।
त्यसैगरी नेपाली काँग्रेसको आर्थिक नीति सुझाव संकलनका लागि वीरगन्जमा आयोजित प्रदेशस्तरीय गोष्ठीमा बोल्दै उहाँले वर्तमान सरकारले स्वदेशी एवम् विदेशी लगानीका लागि उचित वातावरण बनाउन नसकेका कारण देशमा ठूलो लगानी हुन नसकेको र जसले गर्दा मुलुकको अर्थतन्त्र दिन प्रतिदिन ह्रासोन्मुख रहेको बताउनुभयो ।
सरकारले लगानीको वातावरण बनाएको भए देशमा उद्योग धन्दा कलकारखाना खोल्ने माहौल सिर्जना भइसक्ने थियो भन्दै उहाँले भन्नुभयो— सरकारले देशमा आर्थिक लगानीको लागि आवश्यक कानुनी शासन दिन सकेको छैन, त्यसैले लगानीकर्ताहरु निर्धक्क भएर आउन सकेका छैनन् ।
दुई नम्बर प्रदेशले प्रहरी तथा कर्मचारी भर्ना गर्न लागेको तयारीका बारेमा गरिएको एक प्रश्नमा उहाँले भन्नुभयो— अहिले प्रदेश सरकार तथा स्थानीय निकायलाई के कति अधिकार दिइएको छ त्यसको सीमा र परिधिभित्र रहेर काम गर्नुपर्छ, देश संघीयतामा गएकोले केन्द्रले पनि केन्द्रीय सोँच राख्नुहुदैन र प्रदेशले पनि आफूलाई दिइएको अधिकारको परिधिभित्र रहेर मात्र काम गर्नुपर्छ ।