२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बिरामी, छातीमा संक्रमण छैन



अ+ अ-

रूघाखोकीसँगै ज्वरोले बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण भने नदेखिएको चिकित्सकले बताएका छन्।  प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका डाक्टर दिलीप शर्माले ज्वरो आएको भए पनि छातीमा संक्रमण नदेखिएको सेतोपाटीलाई बताए।

‘किड्नी फस्ट क्लास छ’, शर्माले भने, ‘हामीले तीन दिन आराम गर्न सुझाव दिएका छौं।’

उनले प्रधानमन्त्रीलाई आइसियूमा राख्न सुझाव नदिइएको समेत स्पष्ट पारे।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री आज मन्त्रिपरिषद् बैठकमा सहभागि हुने बताएका छन्। यसअघि शुक्रबार तय भएको बैठक अन्तिम समयमा रोकिएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि ओली शनिबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको चियापानमासमेत अनुपस्थित भएका थिए। किड्नी ट्रान्सप्लान्ट गरेको बिरामीलाई इन्फेक्सन हुँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। प्रधानमन्त्री ओलीको एघार वर्षअघि २०७४ को असारमा भारतमा किड्नी ट्रान्सप्लान्ट गरिएको हो। उनी नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जाने गरेका थिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ख्याल राख्दै निजी चिकित्सकको समेत व्यवस्था गरिएको छ। डा. दिव्या सिंहले प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच गर्ने गरेकी छिन्। तर उनी हाल विदेशमा रहेका कारण शर्माले ओलीको स्वास्थ्य जाँच गरेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ‘सबै पाटपुर्जा फेरेको जस्तो’ अनुभव हुने बताउने गरेका छन्।

credit-setopati.com