३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सबैको ध्यान चितवनमा – प्रचण्ड

सबैको ध्यान चितवनमा – प्रचण्ड
अ+ अ-

चितवन, ११ कात्तिक (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालू वर्षमा सञ्चालन हुने आयोजना घोषणा सभामा बोल्दै उहाँले भरतपुर नमूना महानगर र चितवन नमूना जिल्ला बनाउने बताउनुभयो । जिल्लामा रहेका ऐतिहासिक महत्व बोकेका स्थलहरु, विश्व सम्पदा सूचीमा रहेको निकुञ्ज, दुई ठूला राप्ती र नारायणी नदी, धार्मिक महत्व बोकेको देवघाटजस्ता स्थलले गर्दा चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

विकास निर्माणका लागि यहाँका राजनीतिक दल र जनप्रतिनिधिको एकताले गर्दा जिल्लालाई नमूना बनाउन सकिने उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका क्षेत्रको विकासका लागि यसअघि शहरी विकास, सिँचाइ, खानेपानी मन्त्रीले विशेष चासो देखाएको भन्दै अध्यक्ष प्रचण्डले सबैको ध्यान खिच्न चितवन सफल भएको बताउनुभयो । आफूले हिजो प्रधानमन्त्रीलाई भेट गरेको प्रसंग उल्लेख गर्दै उहाँले भरतपुर महानगरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र सिटी हल निर्माणका लागि आफ्नो सहयोग रहने सन्देश पठाउनुभएको पनि बताउनुभयो । चितवन हुँदै रेलमार्ग, केरुङ ठोरी मार्गजस्ता पूर्वाधार यहाँ निर्माण हुन लागेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

सो अवसरमा पूर्वअर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले भरतपुर महानगर देशकै नमूना महानगर बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो महानगरले काठमाडौँ महानगरलाई उछिन्न सक्छ ।” आफ्नो छोटो मन्तव्यमा पौडेलले देशकै समृद्ध, विकसित र नमूना महानगर भरतपुरलाई बनाउन शुभकामना दिनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जिल्लाका आफ्नो मन्त्रालयअन्तर्गतका चालू आवका योजनाहरु सार्वजनिक गर्नुभएको थियो । उहाँले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडक बनाइने, भरतपुर महानगरमा चक्रपथका लागि विस्तृत अध्ययन शुरु गरिने, हुलाकी राजमार्गको भरतपुरदेखि ठोरीसम्म पहिलो चरणमा काम शुरु गर्नेलगायत महत्वपूर्ण आयोजना घोषणा गर्नुभएको थियो । यसैगरी भरतपुर महानगर एवं जिल्लाका भित्री सडकहरुमा मन्त्रालयका योजनाहरुका बारेमा उहाँले जानकारी गराउनु भएको थियो ।

मन्त्री महासेठले जनतासँग गरेका प्रतिबद्धताअनुसार सरकार अघि बढेको बताउनुभयो । सरकारले सडकसँगै रेल र जलमार्गलाई प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो । सो अवसरमा महानगरका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, डिभिजन सडक कार्यालय चितवनका प्रमुख धर्मेन्द्र झालगायतले बोल्नुभएको थियो । (तस्वीर पनि छ)