३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रधानमन्त्रीको स्वास्थ्य : छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित, अस्पतालमा भिडभाड

प्रधानमन्त्रीको स्वास्थ्य : छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित, अस्पतालमा भिडभाड
अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल पुर्‍याइएको थियो । उनको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलो रिपोर्ट दिएको छ, जसअनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको छ ।

प्रधानमन्त्री अस्पताल भर्ना भएको खबर फैलिएपछि सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्ताहरुमा उनको स्वास्थ्यबारे चासो बढ्यो । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा भर्ना

भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पतालले प्रारम्भिक अपडेट गरेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही दिनयता सुख्खा खोकीको समस्या झेलिरहेका थिए । चिसो बढेसँगै छातिमा समस्या देखिएको र खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएकाले अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको र पूर्वसावधानी स्वरुप अस्पतालमा लगिएको बालुवाटार स्रोतले जनाएको छ । उपचारमा संलग्न डा. सायमीले पनि ओलीको स्वास्थ्य अवस्थाबारे चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले अझै दुई-तीन दिन चिकित्सकको निगरानीमा राख्न सुझाव दिइएको बताए ।