२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको स्वास्थ्य : छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित, अस्पतालमा भिडभाड



अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल पुर्‍याइएको थियो । उनको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलो रिपोर्ट दिएको छ, जसअनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको छ ।

प्रधानमन्त्री अस्पताल भर्ना भएको खबर फैलिएपछि सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्ताहरुमा उनको स्वास्थ्यबारे चासो बढ्यो । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा भर्ना

भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पतालले प्रारम्भिक अपडेट गरेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही दिनयता सुख्खा खोकीको समस्या झेलिरहेका थिए । चिसो बढेसँगै छातिमा समस्या देखिएको र खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएकाले अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको र पूर्वसावधानी स्वरुप अस्पतालमा लगिएको बालुवाटार स्रोतले जनाएको छ । उपचारमा संलग्न डा. सायमीले पनि ओलीको स्वास्थ्य अवस्थाबारे चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले अझै दुई-तीन दिन चिकित्सकको निगरानीमा राख्न सुझाव दिइएको बताए ।