९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक



अ+ अ-

काठमाडौँ, १२ कात्तिक:  नेपाल राष्ट्र बैंकले मङ्गलबार रु चार अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले कूल ९१ दिन अवधिका लागि रु दुई अर्ब र एक वर्षका लागि रु दुई अर्ब गरी रु चार अर्बको ट्रेजरी जारी गर्न लागेको हो ।

ट्रेजरी बिल जारी गर्न केन्द्रीय बैंकले आज एक सूचनामार्फत सोको जानकारी दिएको हो । बैंकका अनुसार ९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते परिपक्व हुनेछ ।

यस्तै एकवर्षे ट्रेजरी बिल भने आगामी २०७६ कात्तिक १२ गते परिपक्क हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यस्ता बिलको बिक्री गरिन्छ ।