३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार

अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार
अ+ अ-

– मधुकर अधिकारी

वासिङ्टन डिसी, १२ कात्तिक: अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् ।

उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहनुभएको छ । उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ । सो निर्वाचनले सिनेट र कङ्ग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ ।

सोही निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक ८ बाट नेपाली मूलका भण्डारीले हाउस अफ डेलिगेट्समा डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएको छ । भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी हुनुभएको थियो । यसरी प्राइमेरी निर्वाचनमा विजयी भएर एक तहको निर्वाचन पार गर्ने भण्डारी पहिलो व्यक्ति हुनुहुन्छ ।

सो डिस्ट्रिकबाट तीन जना उम्मेदवार हाउस अफ डेलिगेट्समा निर्वाचित हुन्छन् । डेमोक्र्याट पार्टीको राम्रो पकड भएको उक्त स्थानमा मतदाता निकै जागरुक भएकाले यसलाई स्विङ डिष्ट्रिक अर्थात् जुनकुनैमा पनि मत जान सक्ने डिष्ट्रिकका रुपमा लिइन्छ ।

आइतबार ‘अर्लि भोटिङ’ को मतदानस्थलमा दिनभरि मतदातासँग मत माग्न व्यस्त रहनुभएका भण्डारीले रासससँगको कुराकानीका क्रममा भन्नुभयो, “हामीहरुको अवस्था राम्रै रहेको छ, मतदाताले कसरी हाम्रो उपस्थितिलाई स्वीकार गर्छन् भन्ने नोभेम्बर ६ तारिखपछि भन्न सकिन्छ ।” प्रचारप्रसारका विषयमा उहाँले रासससँग भन्नुभयो, “हाम्रो डिस्ट्रिकमा ८० हजार मतदाता रहेका छन्, सबैखाले प्रचारप्रसारमा पनि राम्रै गरेका छौँ ।”

न्यू हयाम्प्सायरबाट डेमोक्र्याटीक पार्टीका तर्फबाट स्टेट रिप्रेजेन्टेटिभमा उम्मेदवारी दिनुभएकी गुरुङको क्षेत्रमा डेमोक्र्याटको झिनो उपस्थिति रहेको मानिन्छ । उता ढकालको उम्मेदवारी कुनै दलगत नभई केवल स्थानीयस्तरको एकाइको पद हो । उहाँले उम्मेदवारी दिनुभएको पद ६ का लागि १० जनाको उम्मेदवारी परेको छ भने पाँच जना यस अगाडि निर्वाचित भइसकेका काउन्सिल सदस्य हुन् । यसरी हेर्दा आगामी नोभेम्बर ६ मा खास प्रतिस्पर्धामा भण्डारी मात्र रहनुभएको छ ।

भण्डारी जिताउनका लागि स्वयंसेवी बन्नुभएका डा श्याम कार्कीले भन्नुभयो, “हयारीको जितले नेपालीलाई अमेरिकाको राजनीतिमा समाहित गराउने ढोका खोल्नेछ ।” यसैगरी भण्डारी उम्मेदवार बन्नुभएका क्षेत्रमा बसोबास गर्नुहुने अर्जुन हमालले भन्नुभयो, “भण्डारी अहिले यो क्षेत्रमा एक उदीयमान नेताका रुपमा आफूलाई स्थापित गर्न सफल हुनुभएको छ, त्यसैले उहाँलाई प्राइमेरी निर्वाचनमा चर्चित पत्रिका ‘बाल्टीमोर सन’ले पनि इण्डोर्स गरेको छ ।”

मेरिल्याण्डमा काम गर्नुहुने तरुण पौडेलले पनि भण्डारीको पकड र आधार मजबुद भएको बताउनुभयो । करीब २०० नेपालीको घर यही डिस्ट्रिकमा भएकाले पनि उहाँलाई यार्ड साइनमा र मतदानमा सहयोग पुग्ने बताइएको छ । नेपाली तथा भूटानी मूलका करीब ३०० को हाराहारीको मत रहेको आँकलन पौडेल गर्नुहुन्छ । अमेरिकामा हुने सो निर्वाचनले नेपाली उम्मेदवारको उपस्थिति अनुमोदन हुन्छ कि हुँदैन भन्ने भण्डारीको जीतहारले सुनिश्चित गर्नेछ ।