३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

समिरमानका सुटर पक्राउसँगै ‘हाइ-प्रोफाइल हत्या’ टर्‍यो !

समिरमानका सुटर पक्राउसँगै ‘हाइ-प्रोफाइल हत्या’ टर्‍यो !
अ+ अ-

काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जना ‘कन्ट्रयाक्ट किलर’ पक्राउ परेसँगै राजधानीका एक हाइप्रोफाइल व्यक्तिको हत्या हाललाई टरेको प्रहरीले दाबी गरेको छ ।

गौचन हत्याका ‘मास्टरमाइन्ड’ समिरमान सिंह बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले यही साता भारतको सिक्किमबाट उनीहरूलार्इ पक्राउ गरेको हो ।

उनीहरुलाई नेपाल ल्याएर सोमबार अपरान्ह महाशाखामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । प्रहरीले भने उनीहरूलार्इ काँकरभिट्टामा समातेको दाबी गरेको छ ।

अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले तीन सुटर पक्राउ परेपछि हाललाई ठूलो हत्या योजना टरेको बताउनुभयाे ।

‘हामीलाई जुन सूचना आएको थियो, त्योसँग जोडिएका ३ जना समातिएका छन्’, सिंहले थपे, ‘त्यसैलाई अहिले काठमाडौं सुरक्षित छ, कुनै सुरक्षा थ्रेट छैन ।’

यद्यपि, उनले सुरक्षा कारण देखाउँदै यो समूहले कसलाई टार्गेट गरेको थियो भन्ने खुलाउन चाहेनन् ।

सेनाका भगौडा बने ‘सिरियल कन्ट्रयाक्ट किलर’

रकम लिएर कसैको हत्या गर्नु कन्ट्याक्ट किलिङ हो । प्रहरी अधिकारीहरुकाअनुसार यो अपराधको व्यावसायीकरण र व्यापारीकरणको गम्भीर रुप हो ।

निश्चित रकम लिएर मानिसको हत्यामा संलग्न सुटरदेखि घटनामा संलग्न अन्य व्यक्तिहरु जस–जसले जिम्मेवारीअनुसार रकम लिन्छन्, उनीहरुलाई कन्ट्रयाक्ट किलर मानिन्छ ।

त्यसरी जिम्मेवारी पूरा गरेपछि लिने रकमलाई यस्तो गम्भीर अपराधमा संलग्नहरुले ‘सुपारी’ भन्ने गर्छन् । प्रहरीका अनुसार यस्तै ‘सुपारी’ लिएर हत्यामा संलग्न पेशेवर अपराधी हुन्, अमर, लोप्साङ र रोशन ।

गौचनमाथि गोली प्रहार गर्ने अमर ०७२ सालमा इलामको कालिध्यज गणबाट भागेका भगौडा सेना हुन् । उनले गौचनसहित २९ चैत ०७३ मा बोद्धस्थित दिव्य पार्टी प्यालेसमा अर्का गुन्डा नाइके दावा लामालाई गोली प्रहार गरी घाइते बनाएका थिए । लामालाई केही अघि भारतीय प्रहरीले पक्राउ गरेको छ ।

सोमबार सार्वजनिक गरिएका तीनै जनाले अपराध महाशाखाका अधिकारीहरु समक्ष समिरले कारागारभित्रैबाट आफूहरुलाई रकम पठाएको स्वीकार गरेका छन्

गौचन हत्यामा प्रयोग भएका अर्का सुटर श्याम गोम्बेसँगै सेनाबाट भागेर आएर अमर कलंकी बस्दै आएको थिए । त्यहीबेला उनी समिरमानको निकट पुगेका थिए ।

झापाको बिर्तामोडका ४० वर्षीय लोप्साङले रुपन्देहीमा एमाले नेता दुर्गा तिवारीलाई ‘सुट’ गरेका थिए । समीरमान र ९ फागुनमा रुपन्देहीमा प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको निर्देशनमा उनले तिवारीको हत्या गरेका थिए ।

रोशन भने व्यापारीको रेकी गर्नेदेखि अन्य व्यवस्थापनको काममा संलग्न भएको प्रहरीको दाबी छ । ३० फागुनमा गौशालामा गुन्डा नाइके गणेश लामामाथि गोली रोशनले गोली प्रहार गरेको महाशाखाले आँकलन गरेको थियो ।

यद्यपि, रोशनले यो अभियोग स्वीकार गरेका छैनन् ।

त्यसवेला लामालाई काठमाडौं प्रहरी परिसरको टोलीले पेस्तोलसहित पक्राउ गरेको थियो । ७ महिना कैद सजाय भुक्तान गरेका लामा दशैंअघि मात्र जेलबाट छुटेका थिए ।

कारागारबाटै पैसा पठाउँथे समिर

गौचन हत्याका योजनाकार समिरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंसिर दोस्रो साता भारतको गोवामा पक्राउ गरी नेपाल ल्याएको थियो ।

सुरुमा नख्खु कारागारमा राखिएका उनले जेलबाटै हाइप्रोफाइल व्यक्तिको हत्या योजना बनाइरहेको गुप्तचर निकायले सूचना पाएपछि उनलाई मुस्ताङ कारागार सरुवा गराइएको थियो । तर, इन्काउन्टर गर्न खोजिएको दाबी गर्दै बस्न्यातकी श्रीमती माया शेरचनले सर्वोच्च अदालतमा रिट हालेपछि फेरि काठमाडौं ल्याइएको छ र हाल केन्द्रीय कारागार गोलघरमा छन् ।

प्रहरीको दाबी अनुसार समिरलाई मुस्ताङ पठाउनको औचित्य अहिले आएर पुष्टि भएको छ । सोमबार सार्वजनिक गरिएका तीनै जनाले अपराध महाशाखाका अधिकारीहरु समक्ष समिरले कारागारभित्रैबाट आफूहरुलाई रकम पठाएको स्वीकार गरेका छन् ।

प्रहरी स्रोतका अनुसार उनीहरु सिक्किममा दुई महिनादेखि बसिरहेका थिए । मुम्बई, गोवा, दिल्ली लगायतका क्षेत्रमा भने उनीहरु विभिन्न होटल परिवर्तन गर्दै बस्ने गरेका थिए ।

‘गौचन लगायतको हत्यामा सुटरको रुपमा प्रयोग गर्दा यति रकम दिने सहमति भएको थियो भन्ने खुलेको छैन’ महाशाखाका एक अधिकारीले भने, ‘तर, समिरले घर, गाडी लगायतका प्रलोभन देखाएको उनीहरुले स्वीकार गरेका छन् ।’

समिरले पछिल्लो समय भारतको विभिन्न शहरमा रहादा आवश्यकता अनुसार १० देखि ५० हजारसम्म रकम पटकपटक पठाइएको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुकाअनुसार उनीहरु भारतको मुम्बई, गोवा, दिल्ली लगायतका क्षेत्रमा स्थान परिवर्तन गर्दै बस्ने गरेका थिए ।

सम्पर्कको माध्यमका रुपमा म्यासेन्जर र भाइबर प्रयोग गर्ने गरेकाले प्रहरीले ‘ट्रेस’ गर्न सकेको थिएन । तर, पछिल्लो समय सिक्किमस्थित रोशनको आफन्तको घरमा उनीहरु बसिरहेको सूचना पाएपछि महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली त्यहाँ पुगेको थियो र पक्राउ गर्न सफल भयो ।

प्रहरी स्रोतका अनुसार उनीहरु त्यहाँ दुई महिनादेखि बसिरहेका थिए । अन्य स्थानमा भने उनीहरु विभिन्न होटल परिवर्तन गर्दै बस्ने गरेका थिए ।

गौचन हत्यापछि चितवन, झापा हुँदै भारत

प्रहरी स्रोतका अनुसार निर्माण व्यवसायी गौचनको हत्यालगत्तै भागेका लोप्साङ, रोशन र अबर चितवन पुगेका थिए । त्यहाँ उनीहरु एक साता बसे ।

प्रहरी मुख्य अपराधीको पहिचान गर्न काठमाडौंमै व्यस्त रहँदै गर्दा उनीहरु चितवनबाट काँकरभिट्टा पुगे । त्यहाँ पनि केही दिन बसेर उनीहरु भारत छिरे ।

भारतबाटै ९ एमएमको पेस्तोल झिकाएर ‘हाइप्रोफाइल’ हत्या गरेका उनीहरुले पछिल्लो समय इन्टरनेट कलमार्फत राजधानीका व्यापारीहरुलाई रकम माग गर्दै धम्क्याइरहेका थिए ।

यो समूहमा संलग्न अझै दुई जना फरार छन् । हतियार व्यवस्थापकको रुपमा काम गरेकार बोका भनिने गंगा लिङ्देन र रेकी गर्ने अजय थापा फरार रहेका हुन् । प्रहरीको विभिन्न निकायले उनीहरुको खोजी गरिरहेको छ ।

(अनलाइनखबर डट कम बाट साभार गरिएकाे)