२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमिटेन्स ३३ प्रतिशत बढ्याे, शोधनान्तर २५ अर्बले घाटामा



अ+ अ-

काठमाडौं । नेपाली अर्थतन्त्रको चलाउन प्रमुख हिस्सा मानिएको रेमिटेन्स ३३ प्रतिशतले बढ्दा पनि देशको शोधानान्तर स्थिति २५ अर्ब ४५ करोड रुपैयाँले घाटामा गएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको आर्थिक स्थिति अनुसार शोधानान्तर २५ अर्ब ४५ करोड रुपैयाँले घाटामा छ । अघिल्लो आर्थिक वर्षको भदौ महिनामा शोधानान्तर ५ अर्ब ८७ करोडले घाटामा थियो ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशबाट पठाउने रेमिटेन्स रकम भने अत्याधिक बढेको छ । भदौ महिनासम्मममा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिटेन्सबाट भित्रिएको छ । अघिल्लो वर्षको दुई महिनाको तुलनामा रेमिटेन्समा ३३.४ प्रतिशतले बृद्धि हो ।

अमेरिकी डलरमा २२.३ प्रतिशतले रेमिटेन्सको बृद्धिदर भएको राष्ट्र बैंकले जनाएको छ ।

बढ्दो अमेरिकी डलरले रेमिटेन्स प्रवाह बढाएपनि व्यापारघाटा बढाएको छ । जसले शोधानान्तर घाटामा भने चालु खाता पनि खाटामा छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ महिनासम्ममा नेपालले वस्तु आयातको लागि २ खर्ब ३२ अर्ब रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको तुलनामा आयातमा ३८.५ प्रतिशतले बृद्धि हो । दुई महिनाको निर्यात भने १४ अर्ब ७० करोड मात्र छ ।




भर्खरै