३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

धरहरा निर्माणको शिलान्यास दीपावली अघि

धरहरा निर्माणको शिलान्यास दीपावली अघि
अ+ अ-

काठमाडौँ, १३ कात्तिक। २०७२ सालकाे विनाशकारी भूकम्पले भत्किएको धरहरा यथावत् छाडेर नयाँ निर्माणका लागि दीपावली अघि नै शिलान्यास गर्नेगरी तयारी शुरू भएकाे छ ।

भत्किएको ‘भीमसेनस्तम्भ’ पुरानै अवस्थामा राखी सुन्धारा क्षेत्रमा अर्को बनाउन जमीन सम्याउने काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । शिलान्यास गर्न सबै तयारी पूरा गरी प्रधानमन्त्रीको समय माग गरिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले  जानकारी दिनुभयो ।

सुन्धारा क्षेत्रको जमीनमुनिबाट नेपाल टेलिकमले टेलिफोनको तार र माथिबाट नेपाल विद्युत् प्राधिकरणले बत्तीको तार लगेकाले काममा समस्या भएको छ । जमीन सम्याउन खन्दा हाल २०० टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिकमको २४ हजार लाइनको तार सुन्धारा क्षेत्रको जमीनमुनिबाट बिच्छ्याइएको छ । टेलिकम र विद्युत् प्राधिकरणलाई तार व्यवस्थापनको अनुरोध गरिसकिएको उहाँले बताउनुभयो ।

धरहरा बनाउन प्रयोग हुने निर्माण सामग्री टुँडिखेलमा राखिएको छ । गोश्वारा हुलाकसँगैको पसलका टहरा हटाए पनि पाल राखेर फेरि व्यापारीले पसल चलाउन थालेका छन् । यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

गत भदौ १७ गते नवौँ पटकमा धरहरा निर्माणको आर्थिक प्रस्ताव खुला भएको थियो । प्रस्तावानुसार निर्माण कम्पनी जिआइइटीसी÷रमन जेभी छानिएको थियो । कम्पनीले रु तीन अर्ब ४५ करोडमा धरहरा निर्माण गर्नेछ । प्राधिकरणको लागत अनुमान रु चार अर्ब ३८ करोड थियो ।
धरहरा पुनःनिर्माणका लागि छ निर्माण व्यवसायीले प्राविधिकसहित आर्थिक प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायीका मात्र स्वीकृत भएको थियो ।

तत्कालीन मुख्तियार(हाल प्रधानमन्त्रीसरह) भीमसेन थापाले आफ्नी पत्नी ललितत्रिपुरासुन्दरी(मृत्यु विसं १८८८)का सम्झनामा विसं १८८८ पछि बनाएको भीमसेनस्तम्भ तीन वर्षअघिको भूकम्पसहित चार पटक ढलिसकेको छ । धरहरा पटक पटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको नयाँ बनाउने प्राधिकरणको तयारी छ ।

यसअघिको धरहरा नौ तलाको थियो । विसं १८८८अघि नै बागदरबार(हाल हरिभवन भनिने)मा निजी रुपमा थापाले धरहरा बनाएको इतिहासकार प्रा दिनेशराज पन्तले बताउनुभयो । उहाँका अनुसार विसं १८९० को भूकम्पमा दुवै धरहरा भत्केकामा बागदरबारभित्रको धरहरा नबनेको तर भीमसेनस्तम्भ भने पुनःनिर्माण गरिएको थियो । प्रधानमन्त्री श्री ३ जुद्धशम्शेरले विसं १९९० मा एघारतलेबाट नौतलेमा त्यसलाई झारेको बताइन्छ ।

नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजूरसहित ७२ मिटर अग्लो बन्नेछ ।

भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । यसअघि टेलिकमलाई धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैँ नबनाए पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

‘मेरो धरहरा मै बनाउँछु’ अभियानअन्तर्गत धरहरा पुनःनिर्माण कोषमा रु २४ करोड जम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । पुरातत्व विभाग र टेलिकम दुवैले बनाउन नसक्ने भएपछि प्राधिकरण आफैँले बनाउने निर्णय गरेको सहसचिव मानन्धरले बताउनुभयो ।

धरहराले गोश्वारा हुलाक कार्यालयसमेतको जग्गा खाली गर्ने भएको छ । हुलाक कार्यालयलाई भवन खाली गर्न पत्राचार गरिसकिएको प्राधिकरणले जनाएको छ । कुल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ स्थल निर्माण गरिनेछ ।

धरहरा बनाउन शुरु गरिहाल्ने र हुलाकलाई हटाउने काम जारी राखिने प्राधिकरणले जनाएको छ । धरहरा निर्माणसँगै सुन्धारामा पानी आउने व्यवस्था मिलाइने भएको छ । धारामा कसरी पानी खसाल्ने भनी अध्ययन भइरहेको सहसचिव मानन्धरले सुनाउनुभयो ।

पूर्णप्रसाद मिश्र,रासस