२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको हेल्थ रिपोर्ट सन्तोषजनक



अ+ अ-

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

बुधबार बिहान गरिएका परीक्षणहरुमा रिपोर्ट सन्तोषजनक रहेको र स्वास्थ्यमा थप सुधार भएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

छातिमा संक्रमण र श्वासप्रश्वासमा समस्या भएपछि ओलीलाई त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनलाई कात्तिक १२ गते बिहान साढे चार बजेतिर अस्पताल लगिएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाती रोग विशेषज्ञ सन्त कुमार दासलगायतको टोली खटिएको छ ।