३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तिहार नआउँदै फुल्यो फूल, के गर्ने होला ?

तिहार नआउँदै फुल्यो फूल, के गर्ने होला ?
अ+ अ-

 

पोखरा, १४ कात्तिक (रासस) तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ ।

पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा व्यावसायिक रुप लिइसकेको छ । कास्कीका पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, बाटुलेचौर लगायतका क्षेत्रमा व्यावसायिक रूपमा फूलखेती गरिँदै आएको छ । तिहारको समयमा पोखरामा लगभग रु एक करोड मूल्य बराबर फूलको कारोबार हुने गर्छ । यसवर्ष तिहार आउनु झण्डै दुई साता अगावै फूल फूलेका कारण धेरै कृषकलाई चिन्तित बनाएको छ । फूलको व्यावसायिक खेती विकासका लागि पोखरामा पुष्प परामर्श केन्द्र सञ्चालनमा ल्याइए पनि कृषकले त्यसको उपयोग गर्न नसक्दा समस्या भएको फ्लोरीकल्चर एशोसिएसन नेपाल कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वारले बताउनुभयो ।

“कास्कीमा फूलखेतीतर्फ केही वर्षयता कृषकको आकर्षण बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “तिहारका लागि पात्रो नहेरी फूल लगाउँदा यसवर्ष धेरै कृषकका नर्सरीमा फूल फूलिसकेका कारण समस्या भएको छ ।” जिल्लामा फूलखेतीतर्फ कृषकको बढ्दो मोहले व्यवसायिकता लिँदै गएको र एशोसिएसनमा हालसम्म ३६ व्यवसायी आवद्ध भइसकेको उहाँले जानकारी दिनुुभयो । तिहारलाई लक्ष्य गरी घरको प्रयोजनका लागि पनि फूल लगाउने प्रचलन बढेको पाइन्छ । यस पर्वमा कुकुर, गाई, गोरु जस्ता जनावरको पूजाका साथै घर आँगन गोठ आदिमा माला एवं तोरणमा पनि फूलको प्रयोग हुने भएकोले यसको अत्याधिक खपत हुने गर्दछ ।

पोखरामा तिहारमा ८० प्रतिशत फूल पोखरा र आसपासबाटै आउने गरेको र २० प्रतिशत भारतबाट आयात गर्ने गरिएको द्वारले बताउनुभयो । तिहारका लागि गाउँगाउँमा सयपत्री फूल लगाउने क्रम वर्षेनी बढिरहेको ओमबुद्ध नर्सरी पृथ्वीचोककी सञ्चालिका नरमाया प्रसाईं बताउनुहुन्छ । “तिहारमा धेरैले घरमै फूलाएको माला लगाउने गर्दछन्, यसवर्ष हाम्रो नर्सरीबाट सयपत्री फूलको मात्रै २२ हजार बिरुवा बिक्री भएको थियो,” उहाँले भन्नुभयो । तिहारका साथै दशैं शुरु भएपछि नै बजारमा फूलको माग बढ्ने गरेको उहाँको अनुभव छ ।

कास्कीमा पुष्प व्यवसायको विकासलाई लक्ष्य गरी २०६२ मा नै फ्लोरीकल्चर एशोसिएसन गठन भएको संस्थापक अध्यक्ष वसन्त बानियाँले बताउनुभयो । शुरु शुरुमा एक दुईजना मात्रै व्यावसायिक रूपमा फूलखेतीमा लागे पनि पछिल्लो वर्षमा भने वर्षेनी उक्त सङ्ख्या बढ्दै गएको छ । फूलखेतीमा लाग्नेलाई आफूहरूले निरन्तर सहयोग एवं सल्लाह दिने गरेको भए पनि यसवर्ष धेरैले क्यालेण्डरलाई आत्मसात नगर्दा फूल चाँडो फूलेको उहाँको भनाइ छ । सयपत्री फूलको बिरुवा लगाएको ४५ दिनमा कोपिला निस्कन्छ । जमीन र वरपरको तापक्रमले फूल्ने क्रममा तीन चार दिन ढिलोचाँडो पनि हुन सक्छ ।

तिहारका लागि सयपत्री पोखरामा नै उत्पादन हुने भए पनि मखमली भने भक्तपुरबाट ल्याउने गरेको बानियाँले बताउनुभयो । पोखरामा सयपत्री फूलको माला रु ३५ देखि रु ४० सम्ममा बिक्री हुने गर्दछ । मखमली फूल रु ४० को हाराहारीमा बिक्री हुन्छ । आगामी वर्षमा क्यालेण्डरलाई आत्मसात गरी फूलको खेती गर्न र सम्बन्धित विज्ञ एवं परामर्श केन्द्रमा सल्लाह लिन बानियाँले कृषकलाई सुझाव दिनुभयो ।

यसैबीच फ्लोरीकल्चर एशोसिएसन नेपाल कास्कीले पुष्प व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यही कात्तिक १६ गतेदेखि १९ गतेसम्म पोखरा सभागृह हलको प्राङगणमा चौथो पश्चिमाञ्चल गोदावरी प्रदर्शनी एवं व्यापार मेला गर्ने भएको एशोसिएसनका अध्यक्ष एवं मेला मूलआयोजक समितिका अध्यक्ष सीतामाया रानाले जानकारी दिनुभयो । मेला फूलको महीमा र महत्व बुझ्न महत्वपूर्ण बन्ने विश्वास लिइएको छ ।