३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दुर्घटनाको छानबिन गर्न समिति

दुर्घटनाको छानबिन गर्न समिति
अ+ अ-

काभे्रपलाञ्चोक, १५ कात्तिक (रासस) काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ भाङ्गेटारमा गत शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न समिति बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वमा प्रहरी निरीक्षक दीपक राय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक निशेष चापागार्इं तथा अन्य दुई जना सहायक प्रहरी अधिकृत सदस्य रहेको घटना छानबिन समिति बनाइएको प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । उहाँका अनुसार घटनामा सामान्य घाइते भएका गाडीधनी एवं चालक प्रदीप बोगटीलाई कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

शनिबार दिउँसो २ बजे छ जना सवार बा३च २८७ नंको ल्याण्ड क्रुजर कच्ची सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते प्रहरी नायब उपरीक्षक भण्डारी उपचारार्थ अस्पताल लैजाँदै गर्दा र पत्रकार २४ वर्षीय जीवन पराजुली तथा टे«ड यूनियन काङ्गे्रसका ३ नं प्रदेश संयोजक ४४ वर्षीय विनोद कार्कीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनामा गम्भीर घाइते पूर्वप्रहरी नायब उपरीक्षक विनोद गौतमको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते बोगटी र अर्का धनराज पुरी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । मृतक एवं घाइते पुरीको मण्डन देउपुर नपा–५ बाउनेडिहीस्थित जमीनमा बालुवा खानी चलाउन निरीक्षण गरेर फर्र्कंदा दुर्घटना भएको हो ।