३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन
अ+ अ-

 

कतार, १५, कार्तिक (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गर्नु भएको छ । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार-नेपाल मैत्री संघ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले अब नेपालीले तन, मन र धन खर्चेर नेपाल बनाउने समय आएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ । नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेकाले अब सरकार विकास र निर्माणका लागि लगानीमैत्री कानून र वातावरण बनाएर अगाडि बढेको छ त्यसैले सम्पूर्ण नेपालीलाई विकास र समृद्धिको यात्रामा हातेमालो गर्न आग्रह गर्नु भएको छ ।

कतारका अमिरसँगको वार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका क्षेत्रमा घनिभूत छलफल भएको र नेपाली श्रमिकका समस्या लागायत थुप्रै विषयमा चर्चा गरिएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल-कतार सम्बन्ध थप प्रगाढ हुने र कतारी लगानी नेपाल भित्रिने विश्वास व्यक्त गर्नु भएको छ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कतार नेपालको विश्वासिलो मित्र रहेको र श्रम सम्बन्धले यसलाई थप प्रगाढ बनाएको बताउनु भएको छ। दुई देशबीच अहिले भएका बिभिन्न सहमति र समझदारीले यस सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने छ । मन्त्री ज्ञवालीले यहाँका नेपाली उद्योगी, व्यवसायीलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ । नेपाल सरकार कानूनी लगायत अन्य सबै विषयमा सहजीकरण गर्न तयार रहेको जनाउँदै उहाँले अबको नेपाल-कतार श्रमिक सम्बन्धको ढाँचा समेत परिवर्तन गारेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ। नेपाल सधै श्रमिक निर्यात गरेर विप्रेषण भित्राएरमात्र विकसित हुन सक्दैन अब अदक्ष श्रमिकलाई श्रम सीप सिकाएर सकभर स्वदेश मै रोजगारका अवसर सिर्जना गर्ने दिशामा सरकार अगाडि बढेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले अब नेपालको समृद्धिको यात्रामा निराशा हैन बलियो आत्मविश्वासकासाथ अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको छ।

त्यसैगरी गैर आवासीय नेपाली, कतार शाखाका अध्यक्ष नवीन पोखरेलले आफूहरू नेपालमा लगानी गर्न तयार रहेको र सरकारले त्यस क्षेत्रमा आवश्यक वातावरण बनाइदिन अनुरोध गर्नु भएको छ। उक्त कार्यक्रमा यहाँस्थित नेपालीहरूको उल्लेख्य सहभागिता थियो।

कार्यक्रम कतारस्थित नेपाली दूतावासले आयोजना गरेको हो ।