२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीपीएल : पोखराले धनगढीलाई दियो १४५ रनको लक्ष्य



अ+ अ-

१६ कार्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको अहिले जारी खेलमा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई १४५ रनको चुनौती पेश गरेको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएपछि धनगढीले मध्यम स्कोरको चुनौती पाएको हो । अन्तिम ओभरमा २० रन बटुलेपछि पोखराले एक सय ४० को स्कोर पार गर्न सफल भएको थियो ।

पोखराको लागि रोहित कुमार पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २१ बलमा १ छक्का र चार चौका प्रहार गरे । यसैगरी, रविइन्दर सिंहले २८, आशिफ शेखले २३, राशिद खानले अविजित १५ र कप्तान शरद भेषवाकरले १४ रन बनाए ।

४ रनमै पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको पोखराले ४८ रनमा रविइन्दरलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा आएका मेहबुब आलम खाता खोल्न नसुकि शुन्य रनमा आउट भएपछि पोखरा दबाबमा आएको थियो । त्यसपछि रोहितले पोखरालाई अगाडि बढाए । एक्स्पर्ट धनगढीका लागि कमलसिंह ऐरीले चार विकेट लिए ।

प्रतियोगितामा पोखरा पल्टन र एक्स्पर्ट धनगढी दुबै टिमको समान ४–४ अंक रहेको छ । तर पोखरा पल्टनले मात्र ३ खेल खेलेको छ भने एक्स्पर्ट धनगढीले ४ खेल खेलेको छ । धनगढीले दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । धनगढीका लागि यो गर या मरको खेल हो । आजको खेलमा धनगढीले जिते शीर्ष तीनमा पर्दै प्ले अफमा पुग्ने सम्भावना कायमै रहनेछ । यता, पोखराले धनगढीलाई पराजित गरे प्लेअफमा पुग्ने सम्भावना बलियो बन्ने छ ।

जारी खेलकाे हिमालय टीभी एचडीले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

(अनलाइन खबर डटकममा समाचार छ ।)