३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पीपीएल : पोखराले धनगढीलाई दियो १४५ रनको लक्ष्य

पीपीएल : पोखराले धनगढीलाई दियो १४५ रनको लक्ष्य
अ+ अ-

१६ कार्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको अहिले जारी खेलमा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई १४५ रनको चुनौती पेश गरेको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएपछि धनगढीले मध्यम स्कोरको चुनौती पाएको हो । अन्तिम ओभरमा २० रन बटुलेपछि पोखराले एक सय ४० को स्कोर पार गर्न सफल भएको थियो ।

पोखराको लागि रोहित कुमार पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २१ बलमा १ छक्का र चार चौका प्रहार गरे । यसैगरी, रविइन्दर सिंहले २८, आशिफ शेखले २३, राशिद खानले अविजित १५ र कप्तान शरद भेषवाकरले १४ रन बनाए ।

४ रनमै पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको पोखराले ४८ रनमा रविइन्दरलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा आएका मेहबुब आलम खाता खोल्न नसुकि शुन्य रनमा आउट भएपछि पोखरा दबाबमा आएको थियो । त्यसपछि रोहितले पोखरालाई अगाडि बढाए । एक्स्पर्ट धनगढीका लागि कमलसिंह ऐरीले चार विकेट लिए ।

प्रतियोगितामा पोखरा पल्टन र एक्स्पर्ट धनगढी दुबै टिमको समान ४–४ अंक रहेको छ । तर पोखरा पल्टनले मात्र ३ खेल खेलेको छ भने एक्स्पर्ट धनगढीले ४ खेल खेलेको छ । धनगढीले दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । धनगढीका लागि यो गर या मरको खेल हो । आजको खेलमा धनगढीले जिते शीर्ष तीनमा पर्दै प्ले अफमा पुग्ने सम्भावना कायमै रहनेछ । यता, पोखराले धनगढीलाई पराजित गरे प्लेअफमा पुग्ने सम्भावना बलियो बन्ने छ ।

जारी खेलकाे हिमालय टीभी एचडीले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

(अनलाइन खबर डटकममा समाचार छ ।)