३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मेरो पनि डीएनए परीक्षण गर

मेरो पनि डीएनए परीक्षण गर
अ+ अ-

काठमाडौं–कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि हत्या भएको आज १०१ दिन पुगेको छ । तर प्रहरीले बलात्कार र हत्यामा संलग्नहरुलाई पहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
घटना भएको १०१ दिन बितिसक्दा पनि सरकारले दोषीको पहिचान गरी कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै ‘निर्मलाको लागि न्याय अभियान’ ले शनिबार राजधानीको बानेश्वरमा सरकारलाई व्यङ्ग्य स्वरुप एक विरोध कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा भेला भएका अभियानकर्मीहरुले प्रहरीले आरोपी पत्ता लगाउन भन्दै मनपरी रुपमा डीनएनए परीक्षणका लागि रगत संकलन गरेको भन्दै असन्तुष्टि जनाए ।

उनीहरुले बास्तविक अपराधीलाई जोगाउन जथाभावी रुपमा डीएनएको नाटक मञ्चन भएको आरोप लगाउँदै राज्यलाई व्यङ्ग्य स्वरुप डीएनएका लागि सडकमै नमुना संकलन पनि गराए ।
अभियानमा सहभागि अधिकारकर्मी अमृता लम्साले डीएनएको नाममा राज्य र प्रहरी संयन्त्रले भ्रमको खेती गरिरहेको आरोप लगाइन् ।

 

उनले भनिन्, ‘राज्य र प्रहरीले आफू बच्नका लागि दिन प्रतिदिन झुटका बहाना गदै निर्मला हत्याको च्याप्टर बन्द गर्न खोजिरहेको छ ।’
उनले यसैका लागि प्रहरीले स्थानीय व्यक्तिहरु भन्दा पनि घटनासँग सम्बन्ध नै नभएका बाहिरका मानिसलाई कब्जामा लिएर डीएनए टेस्टको बहानामा बास्तविक अपराधीलाई उम्कने प्रयास गरिरहेको दाबी गरिन् ।

 

साउन १० मा भएको निर्मलाको हत्यापछि स्थानीयले निरन्तर बलात्कारीलाई कारबाहीको माग गर्दै आन्दोलन गरिरहेको भएपनि बास्तविकता बाहिर आउन सकेको छैन ।
यो प्रकरणमा तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट  र इन्सपेक्टर जगदीश भट्ट बर्खास्तीमा परिसकेको भएपनि दोषीचाहिँ पक्राउ पर्न नसकेका हुन् । निर्मलाका लागि न्याय अभियानले हत्यामा ‘भीआईपी मान्छे’कै संलग्नता रहेको हुन सक्ने दाबी गर्दै आएका छन् ।