• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’….

अब सरकारले गियर बढाउँछ : प्रचण्ड



बुटवल, १७ कार्तिक– नेकपाका अध्यक्ष एवं पुर्वप्रधानमन्त्रि पुष्प कमल दाहालले सरकारले अव तिव्र गतिमा जनताले देख्ने गरी काम गर्ने बताउनु भएको छ ।

नेकपा रुपन्देहीले बिजया दशमी, दीपावली, छठ र नेपाल सम्वतका अवसरमा शनिबार बुटवलमा आयोजना गरेको शुभकामना सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले असोज ३ गतेसम्म संबैधानिक व्यवस्था अनुसार आवश्यक मौलिक अधिकार सम्वन्धि ऐन कानुन बनाउन सरकार केन्द्रित भइरहेको बताउनुभयो । सरकारले सँगसँगै बिकासका लागि पुर्वाधारहरु पनि तयार गरेकाले अव जनताले देख्ने गरी काम हुने उहाँको दावी थियो ।

उहाले भन्नुभयो “संबिधान अनुसार असोज ३ भित्र ऐन बनाउनु पर्ने पनि थियो त्यो काम पुरा भएको छ जनताले देख्न बाटोघाटो र विकास नै चाहिने रहेछ अव सरकारले गति (गियर ) बढाउछ ।’

पुर्वप्रधानमन्त्रि दाहालले ५ वर्षमा पुर्वाधार बिकास गरी समृद्धिको स्पष्ट दिशामा देशलाई अघि बढाउने उल्लेख गर्दै १० वर्षमा एसियाली मापदण्ड भन्दा पनि तिब्र बिकास भएको देशमा रुपान्तरण गर्न सकिने बताउनु भयो ।

उहाले प्रक्रिक्रियावादी र सामन्तवादीहरुको ठुलो षडयन्त्रका बीच पनि नयां सबिधान बनाई निर्वाचन समेत गरी कम्युनिष्ट नेतृत्वको सरकार बनाउन सकेको बताउनु भयो ।

कार्यक्रममा पार्टी महासचिव बिष्णु पौडेलले सरकारले एक वर्ष काम नगर्दै यसको मुल्यांकन गर्न उपयुक्त नहुने बताउदै न्युनतम एउटा आर्थिक वर्षको बजेट कार्यान्वयन हुदासम्म पर्खिन आग्रह गर्नुभयो ।

उहाले २ पार्टीबिचको एकता पश्चात पार्टीका सबै तहले पुर्णता नपाएको प्रसंगमा एकता प्रक्रिया टुग्याउन गाह्रो भएर नभई एकताको जग बलियो हो र एकले अर्कोलाई पनि राम्रो संग चिन्न सकियोस भनेर केही समय ढिलाई भएको बताउनु भयो ।

प्रदेश नम्वर ५का मुख्यमन्त्रि तथा पार्टीका प्रदेश इञ्चार्ज शंकर पोखरेलले संक्रमण र अन्यौलतालाई हटाएर २ वर्षमा दुई अंकको आर्थिक बृद्धि गर्ने गरी केन्द्रिय र प्रदेश सरकारहरुले काम गरीरहेको बताउनु भयो ।

संघिय सरकारका कृषि तथा पशुपक्षि बिकास मन्त्रि चक्रपाणी खनालले नेपालको एतिहासमा राम्रो र बलियो बनेको अहिलेको सरकारले देशको बिकास र आर्थिक समृद्धिको एजेण्डालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै जनताले केही समयमा नै परिवर्तनको महसुश गर्न सक्ने बताउनु भयो ।

पर्टी स्थायी समिति सदस्य तथा पुर्वउपप्रधानमन्त्रि टोप बहादुर रायमाझिले बुलेटमा मात्र होइन ब्यालेटमा पनि नेपालका कम्युनिष्ट पार्टी सक्षम छन भन्ने प्रमाण बिश्व समुदायलाई अहिले नेकपाले दिइसकेकाले अव बिकास र समृद्धिको नेतृत्व गरेर बिश्वमा नया इतिहास कायम गर्ने बताउनु भयो ।

पर्टीका प्रदेश अध्यक्ष तथा पुर्व सभामुख ओनसरी घर्तीले पार्टीले पाएको अहिलेको एतिहासिक अवसरलाई नेतृत्वले सुझबुझ पुर्ण निणर्य गर्दै जनतालाई परिवर्तनको प्रत्याभुति दिन सक्ने बिश्वास व्यक्त गर्नुभयो ।

पार्टी रुपन्देही कार्यदलका सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको सभापतित्व र कार्यदल सदस्य निर्मल जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।