३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दृश्यचित्रमा पुरातात्विक महत्वको ‘गुहेश्वरी’

दृश्यचित्रमा पुरातात्विक महत्वको ‘गुहेश्वरी’
अ+ अ-

 

– नारायण ढुङ्गाना

काठमाडाँै, १८ कात्तिक (रासस) : पशुपति क्षेत्र विकास समितिअन्तर्गत रहेको धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य गुहेश्वरी पुगेर यसपालि चित्रकारले यहाँका पुरातात्विक महत्वका दृश्य चित्रमा उतारे ।

कला कार्यशालाको नवौँ गन्तव्य कलाकारले विश्व सम्पदासूचीमा सुचीकृत गुहेश्वरी र गौरीघाटलाई रोजेर चित्रमा उतारेका हुन् । विगत १५ वर्षदेखि मेरुदण्डको पक्षघात भएका चित्रकार लक्ष्मीभक्त भासिमाले पनि गुहेश्वरी नजिक डिलमा बसेर चित्र कोर्नुभयो । भासिमाले भन्नुभयो, “चित्रमा गुहेश्वरी वरिपरिका दृश्यलाई राखेँ, ऐतिहासिक दृश्य कोर्न पाउनु गर्वको कुरा हो ।”

यसपालिको चित्रकला कार्यशालामा छ जना महिला, अपाङ्ग र विदेशी चित्रकार पनि सहभागी थिए । अर्का कलाकार सुष्मा श्रेष्ठ र छोरी श्रेया पनि पानी रङ्गले गुहेश्वरीबाट देखिने क्षितिज र पानीका दृश्य उतार्दै हुनुहुन्थ्यो । उपत्यकाका कलाकारले हरेक हप्ता यस्तै अभियान चलाएर विभिन्न क्षेत्रका दृश्य उतारिरहेका छन् । फेसबुकबाट भएको मतदानका आधारमा यसपालिको शनिबार उनीहरुले गुहेश्वरी रोजे ।

पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश आचार्य धार्मिक मान्यताअनुसार सतीदेवीको गोप्य अङ्ग पतन भएकाले यहाँ महत्वपूर्ण शक्तिपिठको रूपमा चिनिन्छ । यहाँ लिच्छवीकालदेखिकै संरचनाहरु रहेको र मुख्य मन्दिरहरू प्रताप मल्लको पालामा बनेको उहाँले जानकारी दिनुभयो । वास्तुकलाका नियमअनुसार बनाइएको ऐतिहासिक महत्वका मठमन्दिरलाई कलाका माध्यमबाट विश्वभर पहिचान गराउन चित्रले सहयोग गर्ने विश्वास छ आचार्यको । चित्रले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको भनाइ छ ।

कलाकार रामकृष्ण थापाको मास्टर पिस आर्ट ग्यालरी ठमेल घुम्ने क्रममा एक जना अष्ट्रेलियाका कलाकार रे मार्सडेनसँग भेट भयो । आध्यात्मिक क्षेत्रका अमूर्त कलामा रमाउने ‘रे’ ले नेपाली चित्रकारको अभियान थाहा पाएपछि आफू पनि सहभागी हुने इच्छा प्रकट गरेपछि सहभागी गराइएको चित्रकार थापा बताउनुहुन्छ ।

‘रे’ ले सातपटक नेपाल आएको बताउँदै गुहेश्वरी क्षेत्र आफैँमा सुन्दर लागेको प्रतिक्रिया दिनुभयो । नेपालको कला संस्कृति सुन्दर भएकाले यसको संरक्षण गर्नुपर्ने बताउँदै उहाँले नेपाली कलाकारसँगै बसेर शनिबार मृगस्थली क्षेत्रको चित्र उतार्नुभयो । दुई महीनाअघि दिवेश प्रधान र राकेशचन्द्र श्रेष्ठले हरेक हप्ता कुनै न कुनै नयाँ स्थानमा चित्र कोर्र्ने अभियानको थालनी गर्नुभएको हो । अहिले अभियानमा स्वतस्फूर्त रूपमा कलाकारहरु चित्र उतार्न आउने गरेका छन् । जुन ठाउँमा पुगिन्छ, त्यही ठाउँका विज्ञहरुलाई ल्याएर वस्तुस्थिति जानकारी लिएपछि चित्र कोर्ने गरेको प्रधानले बताउनुभयो । अर्काे दशौँ हप्तामा भने एक चरणको कार्यक्रम समापन गरी अर्काे चरणको अभियानको सुरुवात गर्ने योजना अभियन्ताहरुको छ ।

दशौँ कार्यशालामा भने अहिलेसम्म कोरिएका चित्रहरु प्रदर्शन गरिने चित्रकार दिवेश प्रधानले बताउनुभयो । अन्तर्राष्ट्रिय जलरङ सोसाइटीका महासचिव दीपेन्द्र बनेपालीले खोला पारीबाट पानीमा मन्दिरको छायाँ उतार्नुभयो । चित्रकार केशवराज खनाल, डि राम पाल्पाली, नरबहादुर विकेले रुखको छायाँमा बसेर गुहेश्वरी मन्दिर र छेउछाउका दृश्यलाई उतार्नुभयो ।

पुराना तथा अनुभवी चित्रकार केके कर्माचार्य विभिन्न ठाउँमा पुगेर दृश्यावलोकन गरेर चित्र उतार्दा एक त कलाकारले प्रकृतिबाट सिक्ने मौका मिल्ने र अर्काे सम्बन्धित स्थानलाई विश्वभर चिनाउन सहयोग पुग्ने प्रतिक्रिया दिनुहुन्छ ।
“अभियान चलाउन सजिलो छैन”, कर्माचार्यले भन्नुभयो, “यसले ठाउँको विकास गर्छ अनि कलाको प्रदर्शन पनि हुन्छ ।” कलाकारहरुको स्वतस्फूर्त रुपमा शुरु भएको फेसबुक अभियान अहिले प्रभावकारी बन्दै गएको छ ।
यसअघि उनीहरुले खोकना, ठिमी, टेकु, पाटन, हनुमानढोका, चाँगुनारायण, भक्तपुरलगायत क्षेत्रमा पुगेर कार्यशाला गरिसकेका छन् ।