३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

वर्षेर्न मेमोग्राफी गरौँ, क्यान्सर रोगबाट बचौँ– डा.सुजिता हिराचन

वर्षेर्न मेमोग्राफी गरौँ, क्यान्सर रोगबाट बचौँ– डा.सुजिता हिराचन
अ+ अ-

 


पोखरा । नेपालमा स्तन क्यान्सर रोगसम्बन्धी विशेषज्ञ डा.सुजिता हिराचनले यो रोगबाट बच्न महिलालहरुले नियमित रुपमा मेमोग्राफी गराउन सुझाव दिनुभएको छ ।
डा.हिराचनले भन्नुभयो– नेपालमा हुने क्यान्सर रोगमध्ये पाठेघरको मुखमा देखिने पहिलो र स्तन क्यान्सर दोस्रो ठूलो रोगका रुपमा देखिने गरेको र यसको अवस्था प्रतिदिन भयावह बन्दै गएकोले यसका विरुद्धमा आम सर्वसाधारणमा व्यापक मात्रामा चेतना जगाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको हो ।
पोखरामा शनिबार चेतना जगाउने उद्देश्यले आयोजना गरिएको पैदल यात्रा तथा चेतनामूलक कार्यक्रममा बोल्दै डा.हिराचनले भन्नुभयो– त्यसैले ४५ वर्षभन्दा माथिका महिलाले वार्षिक रुपमा मेमोग्राफी गर्न आवश्यक रहेको छ र यसबाट यो घातक रोगका बारेमा यसरी समयमै थाहा भयो भने यसको रोकथाममा सजिलो पर्दछ ।
सर्वसाधारणले पनि स्तन क्यान्सरजस्तो भयानक रोगका बारेमा धेरै कुरा गरुन्, आफैले पनि चर्चा गरुन् र समय समयमा स्वस्थ्य जाँचका लागि आफै पनि अस्पताल जाउन भनेर यस्तो कार्यक्रम गर्ने गरिएको उहाँले बताउनुभयो ।
नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेशनको आयोजनामा स्तन क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले पोखरामा शनिबार छात्राहरुका साथै सर्वसाधारण नागरिकको पनि व्यापक सहमागितामा जनचेतना ¥यालीको आयोजना गरिएको थियो । डा.हिराचन सो फाउन्डेशनको अध्यक्ष हुनुहुन्छ ।

 


समय समयमा स्वास्थ्य जाँचका लागि निशुल्क क्याम्पहरु आयोजना गर्ने गरिएको र यसबाट सर्वसधारण मानिसलाई यो घातक रोगका बारेमा सतर्क बनाउन र उनीहरुलाई वर्षेनी मेमोग्राम गराउनु भन्ने सन्देश दिन सजियो भएको डा.हिराचनले जानकारी दिनुभयो । उक्त संस्थाले पोखराका विभिन्न स्थानमा यस्ता जनचेतनासम्बन्धी कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, परामर्श कार्यक्रम, औषधि वितरणजस्ता कार्यक्रमहरुको अयोजना गर्दै आएको छ ।
पोखराको लेक साइडमा शनिबार गरिएको सो चेतनामूलक पैदल यात्रामा सयौँ पोखरेलीको सहभागिता रहेको थियो । त्यस यात्राका सहभागीले नेपालमा स्तन क्यान्सको अवस्था डरलाग्दो हुदै गएकोले त्यसबाट बच्नका लागि समय समयमा अपनाउनुपर्ने सावधानीहरुका बारेमा शिक्षा दिने खालका चेतनामूलक सामग्री र प्ले क्यार्डहरु लिएका थिए ।
यस संस्थाले नेपालका विभिन्न भूभागमा स्तन क्यान्सरबाट बच्ने विविध उपायहरुका बारेमा कार्यक्रमहरु आयोजना गर्ने क्रममा पोखरामा यसपटक यो दोस्रो पटक गरिएको हो । गत वर्षपनि पोखराको सभागृहमा यस फाउण्डेशनले यस्तै जनचेतनामूलक कार्यक्रम गरेको थियो ।
स्तन क्यान्सरबाट बचौँ र बचाउँ भन्ने नाराका साथ यस संस्थाले नेपालका विभिन्न स्थानमा यस्तो कार्यक्रमको अयोजना गर्ने गरेको छ । यस पटकको कार्यक्रममा पनि पोखरामा नागरिकलाई स्तन क्यान्सरको बारेमा चेतना लगाउने उद्देश्यले यो कार्यक्रम गरिएको जानकारी सो संस्थाका अध्यक्ष डा.सुजिता हिराचनले दिनुभयो ।
सर्वसाधारणले पनि स्तन क्यान्सरजस्तो भयानक रोगका बारेमा धेरै कुरा गरुन्, आफैले पनि चर्चा गरुन् र समय समयमा स्वस्थ्य जाँचका लागि आफै पनि अस्पताल जाउन भनेर यस्तो कार्यक्रम गरिएको र समय समयमा स्वास्थ्य जाँचका लागि क्याम्पहरु पनि आयोजना गर्ने गरिएको डा.हिराचनले जानकारी दिनुभयो ।
उक्त संस्थाले पोखराका विभिन्न स्थानमा यस्ता जनचेतनासम्बन्धी कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, परामर्श कार्यक्रम, औषधि वितरणजस्ता कार्यक्रमहरुको अयोजना गर्दै आएको छ ।