• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

वर्षेर्न मेमोग्राफी गरौँ, क्यान्सर रोगबाट बचौँ– डा.सुजिता हिराचन



 


पोखरा । नेपालमा स्तन क्यान्सर रोगसम्बन्धी विशेषज्ञ डा.सुजिता हिराचनले यो रोगबाट बच्न महिलालहरुले नियमित रुपमा मेमोग्राफी गराउन सुझाव दिनुभएको छ ।
डा.हिराचनले भन्नुभयो– नेपालमा हुने क्यान्सर रोगमध्ये पाठेघरको मुखमा देखिने पहिलो र स्तन क्यान्सर दोस्रो ठूलो रोगका रुपमा देखिने गरेको र यसको अवस्था प्रतिदिन भयावह बन्दै गएकोले यसका विरुद्धमा आम सर्वसाधारणमा व्यापक मात्रामा चेतना जगाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको हो ।
पोखरामा शनिबार चेतना जगाउने उद्देश्यले आयोजना गरिएको पैदल यात्रा तथा चेतनामूलक कार्यक्रममा बोल्दै डा.हिराचनले भन्नुभयो– त्यसैले ४५ वर्षभन्दा माथिका महिलाले वार्षिक रुपमा मेमोग्राफी गर्न आवश्यक रहेको छ र यसबाट यो घातक रोगका बारेमा यसरी समयमै थाहा भयो भने यसको रोकथाममा सजिलो पर्दछ ।
सर्वसाधारणले पनि स्तन क्यान्सरजस्तो भयानक रोगका बारेमा धेरै कुरा गरुन्, आफैले पनि चर्चा गरुन् र समय समयमा स्वस्थ्य जाँचका लागि आफै पनि अस्पताल जाउन भनेर यस्तो कार्यक्रम गर्ने गरिएको उहाँले बताउनुभयो ।
नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेशनको आयोजनामा स्तन क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले पोखरामा शनिबार छात्राहरुका साथै सर्वसाधारण नागरिकको पनि व्यापक सहमागितामा जनचेतना ¥यालीको आयोजना गरिएको थियो । डा.हिराचन सो फाउन्डेशनको अध्यक्ष हुनुहुन्छ ।

 


समय समयमा स्वास्थ्य जाँचका लागि निशुल्क क्याम्पहरु आयोजना गर्ने गरिएको र यसबाट सर्वसधारण मानिसलाई यो घातक रोगका बारेमा सतर्क बनाउन र उनीहरुलाई वर्षेनी मेमोग्राम गराउनु भन्ने सन्देश दिन सजियो भएको डा.हिराचनले जानकारी दिनुभयो । उक्त संस्थाले पोखराका विभिन्न स्थानमा यस्ता जनचेतनासम्बन्धी कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, परामर्श कार्यक्रम, औषधि वितरणजस्ता कार्यक्रमहरुको अयोजना गर्दै आएको छ ।
पोखराको लेक साइडमा शनिबार गरिएको सो चेतनामूलक पैदल यात्रामा सयौँ पोखरेलीको सहभागिता रहेको थियो । त्यस यात्राका सहभागीले नेपालमा स्तन क्यान्सको अवस्था डरलाग्दो हुदै गएकोले त्यसबाट बच्नका लागि समय समयमा अपनाउनुपर्ने सावधानीहरुका बारेमा शिक्षा दिने खालका चेतनामूलक सामग्री र प्ले क्यार्डहरु लिएका थिए ।
यस संस्थाले नेपालका विभिन्न भूभागमा स्तन क्यान्सरबाट बच्ने विविध उपायहरुका बारेमा कार्यक्रमहरु आयोजना गर्ने क्रममा पोखरामा यसपटक यो दोस्रो पटक गरिएको हो । गत वर्षपनि पोखराको सभागृहमा यस फाउण्डेशनले यस्तै जनचेतनामूलक कार्यक्रम गरेको थियो ।
स्तन क्यान्सरबाट बचौँ र बचाउँ भन्ने नाराका साथ यस संस्थाले नेपालका विभिन्न स्थानमा यस्तो कार्यक्रमको अयोजना गर्ने गरेको छ । यस पटकको कार्यक्रममा पनि पोखरामा नागरिकलाई स्तन क्यान्सरको बारेमा चेतना लगाउने उद्देश्यले यो कार्यक्रम गरिएको जानकारी सो संस्थाका अध्यक्ष डा.सुजिता हिराचनले दिनुभयो ।
सर्वसाधारणले पनि स्तन क्यान्सरजस्तो भयानक रोगका बारेमा धेरै कुरा गरुन्, आफैले पनि चर्चा गरुन् र समय समयमा स्वस्थ्य जाँचका लागि आफै पनि अस्पताल जाउन भनेर यस्तो कार्यक्रम गरिएको र समय समयमा स्वास्थ्य जाँचका लागि क्याम्पहरु पनि आयोजना गर्ने गरिएको डा.हिराचनले जानकारी दिनुभयो ।
उक्त संस्थाले पोखराका विभिन्न स्थानमा यस्ता जनचेतनासम्बन्धी कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, परामर्श कार्यक्रम, औषधि वितरणजस्ता कार्यक्रमहरुको अयोजना गर्दै आएको छ ।