३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तत्काल मन्त्री हेरफेरको सम्भावना छैन- प्रचण्ड

तत्काल मन्त्री हेरफेरको सम्भावना छैन- प्रचण्ड
अ+ अ-

कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बताए । उनले सरकारको कामकारवाहीको गति पनि बढाउने बताए । ‘हिलोमैलो सिजनमा एक नम्बर गियरमा चलेको छ । अब गियर फेरेर पनि सरकार अगाडि जान्छ,’ उनले भनेका छन् ।

अध्यक्ष ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको टिप्पणी गरेका छन् ।

मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको थियो । तर, अहिले यो भ्रमण अनिश्चित भएको खबरहरु आएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले मोदी भ्रमणमा नआउनु ठूलो खबर नभएको बताए । उनले भने, ‘मलाई सबै थाहा छैन तर, मोदी धेरै आइसक्नुभयो । यो पटक आउनु नै भएन भने पनि ठूलो खबर भएन ।’

यद्यपि उनले मोदीको नेपाल भ्रमणको सम्भावना अझै रहेको बताए ।

नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर गएका हुन् ।