२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संगठनको मर्यादामा आँच पुर्‍याउने गतिविधि सह्य हुँदैन’



अ+ अ-

ठिनी, मुस्ताङ, २० कात्तिक: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु¥याउने गतिविधि सह्य नहुने बताउनुभएको छ ।

सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

“इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,” उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो गुरुङले जिल्लामा ट्राफिक प्रहरीको छुट्टै कार्यालय स्थापनाको माग गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले पाँच दशकपछि नयाँ पक्की भवन निर्माण भएकामा खुशी व्यक्त गर्नुभयो । प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काका अनुसार रु दुई करोड ५४ लाखको लागतमा निर्माण भएको उक्त भवनमा २२ कोठा छन् ।