२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राध्यापक राजीव झा चीन सरकारद्वारा पुरस्कृत



अ+ अ-


काठमाडौं, २० कात्तिक (रासस) – चीनको सियान सरकारले नेपाली प्राध्यापक डा.राजिवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ पुरस्कार प्रदान गरेको छ ।
चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा.डा.झासहित विभिन्न ९ देशका १० जना विशिष्ट युवा वैज्ञानिकसहितका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो ।
करिब दुई महिना अघि घोषणा गरिएको सो पुरस्कार साङ्सी प्रान्तको सियान शहरमा मङ्गलबार आयोजित एक समारोहमा उक्त प्रान्तका गभर्नर लु जियानले हस्तान्तरण गर्नुभएको डा.झाले जानकारी दिनुभयो ।
उक्त पुरस्कार प्राप्त गर्नेमा नेपालका झासहित जर्मनी, मलेसिया, क्यानाडा, ब्राजिल, अमेरिका, जापान, यमन र क्रोएसियाका १० जना युवा वैज्ञानिक र विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्व रहेका छन् । जापानबाट दुई जना विशेषज्ञ परेका छन् ।
चीनको ऐतिहासिक शहर सियानमा रहेर चीनको आर्थिक, सामाजिक र अन्तर्रा्ष्ट्रिय सम्बन्ध विकासमा विशेष योगदान पु¥याउने विभिन्न क्षेत्रका प्रतिभाशाली विदेशी व्यक्तित्वलाई सियान सरकारले प्रतिश्पर्धाका आधारमा हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गर्ने गर्दछ ।
उक्त पुरस्कार ५० हजार आरएमबी (चिनियाँ रकम) राशी सहितको छ । सन् २००९ देखि प्रत्येक दुई वर्षमा सियान सरकारले प्रदान गर्दै आएको सो पुरस्कार प्राप्त गर्ने डा.झा पहिलो नेपाली हुनुहुन्छ ।


सियानमा रहेका विदेशी प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका करिब १० हजार व्यक्तित्व मध्येबाट सन् २०१८ का लागि १० जना छनोट गरिएको प्राध्यापक झाले जानकारी दिनुभयो ।
पित्तथैलीको क्यान्सरको फैलावटको दरलाई कमगर्ने विषयमा चिनियाँ विश्वविद्यालबाट विद्यावारिधी पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा. झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिव कुमार झा’ स्थापना गरेको छ ।
सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदान प्रदान पनि हुने गरेको छ । प्राध्यापक झा करिब २२ वर्षदेखि चीन बस्दै आउनुभएको छ ।
चीनका विभिन्न विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’ समेत रहेका प्रा.डा. झालाई साङ्सी प्रान्तले चीन नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै केही महिना अघि नागरिक दूत नियुक्त गरेको थियो ।




भर्खरै