३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ, २० कात्तिकः धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ ।

पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु भएको आज पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २१८ दशमलव ०७ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३८ बिन्दुले बढेर २५९ दशमलव १९ बिन्दुमा पुगेको छ ।

आज कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर रु २४ करोड ४५ लाख ७० हजार ५५२ मूल्यमा खरीद बिक्री भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकिङ १० दशमलव ४८, होटल ३७ दशमलव ६२, विकास बैंक १३ दशमलव २८, जलविद्युत् ३ दशमलव ०४, वित्त १ दशमलव २५, निर्जीवन बीमा ५७ दशमलव ०२, उत्पादन ०७, अन्य ३ दशमलव १५, माइक्रोफाइनान्स १५ दशमलव ३७ र जीवन बीमा ६५ दशमलव ३३ बिन्दुले बढेको छ ।