३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

डायलाइसिस सेवा सञ्चालन हुने

डायलाइसिस सेवा सञ्चालन हुने
अ+ अ-

मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्षित गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ ।

हाल बन्द अवस्थामा रहेको तानसेन नगरपालिका वडा नं ६ स्थित श्री प्राथमिक विद्यालय लहरेपिपलको भवनमा सो सेवा सञ्चालन गरिने अस्पतलाले जनाएको छ ।

तानसेनमा डायलाइसिस सेवा सञ्चालन भएपछि पाल्पासँगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मी, स्याङ्जा र बागलुङबाटसमेत मिर्गाैलाको नियमित डायलाइसिस गराउन बुटवल आउनुपर्ने बिरामीलाई राहत मिल्नेछ । डायलाइसिस सेवाको अभावमा हाल सो क्षेत्रका मिर्गौला बिरामी बुटवल, भैरहवा, चितवन तथा काठमाडौँमा पुगेर सेवा लिन बाध्य छन् ।

हाल पाल्पा जिल्लाबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र ४८ जना मिर्गाैलाका बिरामीले नियमित डायलाइसिस सेवा लिन आउने गरेका छन् । त्योसँगै पाल्पाका लागि पायक पर्ने गुल्मी, अर्घाखाँची, स्याङ्जा र बागलुङबाट ६२ जना बिरामी नियमित डायलाइसिसका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

मिर्गौलाको डायलाइसिसका लागि हप्तामा दुईदेखि तीनपटकसम्म बाहिर जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गरी सो अस्पतालले उक्त सेवा सञ्चालनका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकासँग स्थान उपलब्ध गराइदिन आग्रह गरेको थियो ।

अस्पतालको आग्रहअनुरुप जिल्ला समन्वय समिति पाल्पाको पहलमा प्रदेशसभा सदस्य, जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालिका, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्था तथा सरोकारवालासहितको सर्वदलीय र सर्र्वपक्षीय भेलाले बन्द अवस्थामा रहेको विद्यालयको उक्त भवन डायलाइसिस सेन्टरका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।

रोटरी इन्टरनेशनलको सहयोगमा १० वटा मेसिन जडान गरी मङ्सिर महीनासम्म डायलाइसिस सेवा सञ्चालन गरिने अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मिर्गौलाको डायलाइसिसका लागि स्वास्थ्य मन्त्रालयमा सूचीकृत भई बिरामीलाई निःशुल्क सेवा दिँदै आएको छ । डायलाइसिससँगै मिर्गाैलाका बिरामीले गर्नुपर्ने नियमित रगत परीक्षणसमेत अस्पतालले निःशुल्क गर्दै आएको छ ।