२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा महाधिवेशन: अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाले उम्मेदवारी दिने



अ+ अ-

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा नेता राजेन्द्र लिङ्देन र महामन्त्रीमा नेता धवलशम्शेर राणाले उम्मेदबारी दिने तयारी गर्नुभएको छ । मंसिर १५ देखि १७ गतेसम्म  काठमाडौमा हुने महाधिवेशनमा लिङ्देन र राणा एउटै कित्तामा उभिदै सयुक्त रुपमा उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो ।  

उहाँहरु दुबै जनाले बिहिबार उम्मेदबारी घोषणा कार्यक्रम  गर्न लाग्नु भएको छ ।उहाँहरु दुबै जनाले लामो समय देखी अध्यक्ष कमल थापालाई साथ दिदै आउनु भएको थियो । नेता लिङदेन र राणाले बर्तमान त्रय अध्यक्षहरु पार्टीको अभिभाबकिय भूमिकामा रहि नयाँ पुस्तामा नेतृत्व पुग्नु पर्ने कार्यकर्ताको भाबना अनुरुप आफुहरुले पार्टीको नेतृत्व गर्न चाहेको बताउनु भयो ।

सोमबार मंगलबार र बुधबार  हरेक जिल्लाको प्रदेश निर्वाचन क्षेत्र स्तरमा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भएको छ ।  महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि सहभागी भई पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।

उता बर्तमान अध्यक्ष कमल थापाले पनि आफु स्वभाबिक रुपमा अध्यक्षको दाबेदार रहेको बताउदै आउनु भएको छ । आफूले उठाएको राजनीतिक एजेण्डा पुरा गर्न पनि नेतृत्वमा थापाले निरन्तरता चाहानु भएको छ ।