
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा नेता राजेन्द्र लिङ्देन र महामन्त्रीमा नेता धवलशम्शेर राणाले उम्मेदबारी दिने तयारी गर्नुभएको छ । मंसिर १५ देखि १७ गतेसम्म काठमाडौमा हुने महाधिवेशनमा लिङ्देन र राणा एउटै कित्तामा उभिदै सयुक्त रुपमा उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो ।
उहाँहरु दुबै जनाले बिहिबार उम्मेदबारी घोषणा कार्यक्रम गर्न लाग्नु भएको छ ।उहाँहरु दुबै जनाले लामो समय देखी अध्यक्ष कमल थापालाई साथ दिदै आउनु भएको थियो । नेता लिङदेन र राणाले बर्तमान त्रय अध्यक्षहरु पार्टीको अभिभाबकिय भूमिकामा रहि नयाँ पुस्तामा नेतृत्व पुग्नु पर्ने कार्यकर्ताको भाबना अनुरुप आफुहरुले पार्टीको नेतृत्व गर्न चाहेको बताउनु भयो ।
सोमबार मंगलबार र बुधबार हरेक जिल्लाको प्रदेश निर्वाचन क्षेत्र स्तरमा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भएको छ । महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि सहभागी भई पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।
उता बर्तमान अध्यक्ष कमल थापाले पनि आफु स्वभाबिक रुपमा अध्यक्षको दाबेदार रहेको बताउदै आउनु भएको छ । आफूले उठाएको राजनीतिक एजेण्डा पुरा गर्न पनि नेतृत्वमा थापाले निरन्तरता चाहानु भएको छ ।