२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाई कि हलो ले गर्दा भाडियो राप्रपाको एकता !



अ+ अ-

काठमाडौं । तीन राप्रपा एकीकरण प्रक्रिया तत्कालका लागि भाँडिएको छ  ।

आइतबार विहानसम्म एकताको अन्तिम गृहकार्यमा जुटेको बताएका  राप्रपाका नेताहरुले आइतबार मध्यान्ह राप्रपा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष कमल थापा र पशुपति शमशेर राणाबीच भएको गोप्य छलफलपछि एकता भाँडिएको बताएका छन् ।

स्रोतका अनुसार आइतबार दिउँसो कमल थापा नेतृत्वको राप्रपाको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय धुम्बराहीमा बसिरहेको थियो । सोही बेला राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापालाई फोन गरे । राणाको फोन आएपछि थापा केन्द्रीय समिति बैठक छाडेर राजधानीकै एक होटलमा राणालाई भेट्न पुगे ।

त्यहाँ दुवै अध्यक्षबीच एकताबारे कुराकानी सुरु भयो । अध्यक्ष थापाले एकतापछि पार्टीको चुनाव चिन्ह गाई राख्नुपर्ने प्रस्ताव गरे । तर, राणाले थापाको प्रस्ताव ठाडै अस्वीकार गरे ।

उनले चुनाव चिन्ह हलो नै राख्नुपर्ने नत्र एकता हुन नसक्ने बताए । दुवै अध्यक्षबीच चुनाव चिन्हका बारेमा झण्डै एक घण्टा कुरा हुँदा पनि सहमति जुट्न सकेन ।

स्रोतका अनुसार चुनाव चिन्हका बारेमा दुवैले अडान नछाडेपछि एकता नै नगर्ने भन्दै राणा र थापा दुवै बाहिरिएका थिए । राणासँग कुरा नमिलेपछि थापा पुनः पार्टी कार्यलय पुगे ।

त्यहाँ राप्रपाका नेताहरु थापालाई कुरेर बसिरहेका थिए । जब थापा बैठकस्थल पुगे र भने, ‘अब तत्काल पार्टी एकता हुँदैन ।’