• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

भीम रावलको फरक मतले केही गर्ला ?



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयमा फरक मत राखेका छन् ।

कैलालीको क्षेत्र नम्बर २ मा स्वेच्छाचारी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै रावलले त्यसलाई बदर गरी पुनः प्रतिनिधि छनोटको माग गरेका थिए । कैलालीका विषयमा सार्वजनिक मिडियामै आपत्ति जनाउँदै आएका रावलले आफ्नो प्रस्ताव अमान्य भएपछि स्थायी कमिटी बैठकमा फरक मत लेखेको जनाएका छन् ।

कैलाली क्षेत्र नम्बर २ मा अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको प्रतिनिधि छनोट पार्टी निर्णय र विधि अवलम्बन नगरी स्वेच्छाचारी किसिमको भएको रावलको दावी छ । तर प्रतिनिधि छनोट बदर गर्न माग गर्दै १२२३ जना पार्टी सदस्यले हस्ताक्षर गरी संगठन विभागमा निवेदन दिए पनि सुनुवाइ नभएको रावलले बताएका छन् ।

यस्तो छ रावलको फरक मत

सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईमा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि अवलम्बन नगरी सहमति वा निर्वाचन नगरी स्वेच्छाचारी किसिमको प्रतिनिधिको नाम पठाइएको प्रति विरोध जनाई १२२३ पार्टी सदस्यहरुले हस्ताक्षर गरी उक्त प्रकारको अनियमित कार्य कदर गरी विधिवत निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको तथा मैले उक्त प्रकारको गलत कार्य हुन नदिन समयमै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएको र यस्तो अनियमित र गलत कार्य बदर गरी विधिसम्म प्रतिनिधि चयन गर्न गरेको प्रस्ताव अमान्य गर्ने निर्णयप्रति मेरो फरक मत दर्ज गर्दछु ।

भीम रावल
उपाध्यक्ष
मिति : २०७८/८/७