३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कर्मचारीतन्त्रको संगतले नेताहरु पनि बिग्रन थाले – प्रचण्ड

कर्मचारीतन्त्रको संगतले नेताहरु पनि बिग्रन थाले  – प्रचण्ड
अ+ अ-

२८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कर्मचारीतन्त्रको संगतले नेताहरु पनि बिग्रन थालेको बताएका छन् । आन्दोलन गरेर मुलुक परिवर्तन गर्ने नेताहरुलाई राजाको पालामा तालिमप्राप्त कर्मचारीले बिगारिसकेको आरोप लगाएका हुन् ।

बुधबार म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उनले कर्मचारीको माथिल्लो तहमा रहेकाहरुले नेताहरुलाई नै बिगारिसकेको दावी गरे । ‘जतिसिुकै सिस्टम बदलौं हामी सिष्टम उनै छन् राजाका पालामा तालिमप्राप्त, अझ ठूल्ठूला त तिनैमात्र छन्’ उनले भने ‘राजनीतिक नेतृत्वले संघर्ष गर्छन्, आन्दोलन गर्छन् राष्ट्र र जनताको हितमा भनेर बलिदान गर्छन्, परिवर्तन ल्याउँछन् । दुई चार वर्ष ठूल्ठूला हाकिमसँग बस्दाबस्दै नेताजति हाकिमजस्ता हुन्छन् ।’प्रचण्डले नेताले हाकिमहरुलाई पनि परिवर्तन गर्नुपर्नेमा आफै बिग्रिएको बताए । ‘हाकिमलाई नेता बनाउनुपर्ने ठाउँमा परिवर्तनको बाहक बनाउनुपर्ने ठाउँमा अनि यो त हुन्न हजुर त्यो फाइल मिल्दैन भन्दाभन्दै नेता पनि उस्तै, जब नेता पनि उस्तै हुन्छन्, त्यो परिवर्तन टिक्दैन ।’

नेपालमा नागरिकले राम्रो सेवा सुविधा पाउन् भनेर संघ, प्रदेश र स्थानीय तहको अवधारणा ल्याए पनि आफूहरुको चाहना अनुसार काम नभएको प्रचण्डले बताए । नेपालमा जति पटक राजनीतिक क्रान्ति भए पनि उपल्लता तहका कर्मचारी परिवर्तन नगर्दा समस्या भएको उनको जिकिर छ ।

‘ठूला परिवर्तन भए भने संसारभर नै नयाँ आउने सरकारले व्यूरोक्रेसीको सबभन्दा माथिल्लो लेयरलाई विदा गरिन्छ । सेक्यूरिटीमा पनि माथिल्लो लेयरलाई बिदा गर्दिन्छन् । आफूप्रति लोयल हुने र यो परिवर्तनलाई बुझ्न सक्ने मान्छेहरुलाई भर्ती गर्छ । अनि मात्रै परिवर्तन संस्थागत हुन्छ ।’ कर्मचारीहरुमाथि खनिएका अध्यक्ष प्रचण्डले तोकेको ठाउँमा नजानेहरुलाई निकाल्नुको अर्काे विकल्प नभएको बताएका छन् ।

कर्मचारी समायोजनमा सर्वत्र समस्या देखिएको भन्दै प्रचण्डले प्रदेश र स्थानीय तहमा जान नचाहने कर्मचारीका लागि सरकारले कठोर निर्णय गर्नुपर्ने बताए ।

सिंहदरबारको अधिकार गाउँमा पठाउन खोज्दा कर्मचारीकै कारण समस्या देखिएको भन्दै प्रचण्डले सरकारको निर्णय नमाने पुराना हटाएर नयाँ भर्ना गर्ने चेतावनी दिए । त्यसका लागि नयाँ ऐन बनाउन सरकार तयार रहेको उनको भनाइ छ ।