४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस दिने खोज्ने ट्रक चालक पक्राउ



अ+ अ-

काठमाडौँ, २८ कात्तिक (रासस) – महानगरीय प्रहरीवृत्त बानेश्वरले प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिन खोज्ने बा२ख ८१२९ नंको मिनिट्रकका चालक जीतबहादुर तामाङलाई आज दिउँसो पक्राउ गरेको हो ।

तामाङले मिनिट्रकको कागजपत्र नभएको भनी प्रहरीलाई रु एक हजार घुस दिन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रवक्ता पूजा सिंहले जानकारी दिनुभयो ।

यसैगरी मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघर चोकमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीलाई घुसदिने ना५ख ७१८१ नंको ट्रक चालक मुरतुजमिया चुरियालाई आज पक्राउ गरेको छ ।

चुरियाले रुट प्रमिट कागजकोभित्र रु २०० प्रहरीलाई दिन खोज्दा पक्राउ गरेको हो । दुवै चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता सिंहले बताउनुभयो ।
–––