३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

श्रीलङ्का: राजापाक्षविरूद्ध अविश्वासको प्रस्ताव पारित

श्रीलङ्का: राजापाक्षविरूद्ध अविश्वासको प्रस्ताव पारित
अ+ अ-

कोलम्बो, कात्तिक ३०ः श्रीलङ्काको संसदले शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालै नियुक्त गरेको महिन्दा राजापाक्ष सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ ।

सभामुख कारू जयसुरियाले संसद परिसरमा व्यापक प्रहरीको उपस्थितिमा मतदानको घोषणा गर्नुभएकोे बताइएको छ ।

सरकारका विरुद्ध भएको मतदानका लागि शुक्रबार श्रीलङ्काको इतिहासमा सयौँ प्रहरीको सुरक्षाघेरामा सभामुख पहिलो पटक संसदको सभाकक्षमा पुग्नुभएको थियो ।

त्यहाँ पुग्दा संसद बैठक १ः३० मा शुरू हुने बताइएको भएपनि ३० मिनेट ढिलो शुरू भएको थियो । सभामुख संसदको सभाहलमा पुग्दा सांसदहरूको एक समूहले उहाँको कार्यकक्षमा घेराउ गरी नाराबाजी गरेका थिए ।

उनीहरूले अघिल्लो दिन संसदमा चक्कूसहित आएका यूनाइटेड नेशनल पार्टीका सांसदलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन आवाज बुलन्द गरेका थिए ।

संसदमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सभामुख जयसुरिया आफ्नो कार्यकक्षमा पुगी सरकारविरूद्ध अविस्वासको प्रस्ताव आह्वान गरी मतदानका लागि सांसदहरूलाई निर्देशन दिनुभएको थियो ।

सभामुखले शुरूमा मत ‘नामका आधारमा’ गर्ने घोषणा गर्नुभयो । तर संसदमा भएको अस्तव्यस्तता र उग्र गतिविधिलाई मध्यनजर गरी उहाँले मतदान ‘ध्वनी मत’का आधारमा सम्पन्न हुने घोषणा गर्नुभएको थियो ।

त्यसपछि जयसुरियाले राजापाक्ष सरकारविरूद्धको अविस्वासको प्रस्ताव पारित भएको घोषणा गनुभयो । उहाँले संसदको आगामी बैठक सोमबारका लागि बोलाउनुभएको छ ।

मतदानपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उहाँको आधिकारिक ट्वीटर पेजमार्फत एक विज्ञप्ति जारी गर्दै सबै सांसदलाई प्रजातन्त्रको मूल्यमान्यता र परम्परालाई सधै पालना गर्न आग्रह गर्नुभएको थियो । उहाँले कुनै अवस्थामा पनि संसदको आगामी बैठक नसार्ने बताउनुभएको थियो ।

सरकारका प्रवक्ता केहेलिया रामबुकवेलाले संसदमा भएको मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो, ‘गैरकानूनी’ तवरमा संसदले सरकारका विरूद्ध गरेको मतदानलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताउनुभयो ।

राष्ट्रपतिद्वारा पदबाट हटाइएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै शुक्रबार विधायकहरूद्वारा गरेको घटनाको निन्दा गर्दै सरकार पराजीत भएको बताउनुभयो ।