५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.43

Wind: 4.63

Humidity: 68

Latest
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री फेसबुकसहितका समाजिक सञ्जालमा प्रतिवन्ध लाग्न सक्छः सञ्चारमन्त्री गुरुङ यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा कानूनहरु चाँडै पारित गर्ने गरी काम भइरहेको छः मन्त्री चौरसिया मानवअधिकार, मौलिक हक र कानून कार्यान्वयनमा सांसदहरुको चासो कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रश्ताव मन्त्रालयले गरेको होइनः सचिव पन्थ निजामती कर्मचारीको अवकाश ६० वर्ष गरौँः अर्थसचिव उपाध्याय बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा त्रिपिटक वाचन सम्पन्न



अ+ अ-

रुपन्देही, ३० कात्तिक – लुम्बिनीमा पर्यटन प्रवद्र्धन र बुद्ध दर्शनको प्रचार गर्ने उद्देश्यले बुद्धको जन्मभूमि लुम्बिनीमा पहिलोपटक आयोजना गरिएको ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज सम्पन्न भयो ।

लुम्बिनी विकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा सञ्चालित तीन दिने कार्यक्रममा १८ देशका एक हजार भिक्षु भिक्षुणी, उपासक उपासिकाले सामूहिक बुद्ध दर्शनकोमूल ग्रन्थ त्रिपिटक वाचन गरेका थिए । कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय, सूत्र र अभिधम्म पिटकको वाचन गरिएको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष मैत्री भिक्षुले जानकारी दिनुभयो । त्रिपिटक भगवान् बुद्धको उपदेश सङ्गृहीत बौद्ध धर्मको पुरानो ग्रन्थ भएको जानकारी दिँदै उहाँले यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचन सङ्ग्रह गरिएको बताउनुभयो ।

त्रिपिटक वाचन कार्यक्रममा नेपाल, भारत, चीन, अमेरिका, थाइल्याण्ड म्यान्मा, श्रीलङ्का, लाओस, कम्बोडिया, कोरिया, जापानलगायत देशका भिक्षु सहभागी थए । स्थानीय आयोजक समितिका सचिव चेतन पन्तले त्रिपिटक वाचन कार्यक्रमले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको अन्तिम दिन आज साँझ मायादेवी परिसरमा दीपप्रज्वलनसहित शान्ति पदयात्रा गरिएको थियो ।