३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु
अ+ अ-

रुपन्देही, २ मङ्सिर – बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शुरु भएको सेमिनारमा नेपाल, चीन र भारतका बौद्ध विद्धानको सहभागिता रहेको छ । विज्ञान सभ्यताअघिको प्राचीन सभ्यताको पुनःउत्थान, खोज अनुसन्धान र प्रवद्र्धन गर्ने उद्देश्यले यो सेमिनार आयोजना गरिएको हो ।

दुई दिनसम्म चल्ने सेमिनारमा तीन देशका विज्ञहरुले २४ कार्यपत्र प्रस्तुत गर्दैछन् । पूर्वीय दर्शनको प्रभाव विश्वव्यापीकरण भइरहेका बेला यसको अध्ययन पूर्वी क्षेत्रबाटै हुनुपर्ने लक्ष्यसहित आयोजना भएको सेमिनारले आगामी दिनमा खोज अनुसन्धानका लागि कार्यदिशा तय गर्नेछ ।

सेमिनारको उद्घाटन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति तिलक आचार्यले पूर्वीय सभ्यताले विश्वलाई मार्गदर्शन गरेको र यसको थप खोज अनुसन्धानका लागि विश्वविद्यालयले काम थालेको बताउनुभयो ।
“पूर्वीय सभ्यताले विश्वलाई नै शान्तितर्फ प्रेरित गरेको छ, त्यसको मुहान नै लुम्बिनी हो”, उहाँले भन्नुभयो, “लुम्बिनीबाटै विश्वशान्ति र बौद्धदर्शनको शुरुआत भएको छ ।”

कार्यक्रममा बेइजिङ नर्मल युनिर्भसिटीका प्रोफेसर लिउ स्याओ थिङ्गले पूर्वीय दर्शनलाई बहुआयामिक रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान केन्द्र प्रमुख प्रा डा काशीराज न्यौपानेले पूर्वीय दर्शनका करोडौँ हस्तलिखित दस्तावेज अनुसन्धान हुनुपर्ने बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राचीन हस्तलिखित ग्रन्थमाथि अनुसन्धान, प्रकाशन र अध्ययनमा जोड दिनुपर्ने उहाँले सुझाव दिनुभयो । लुम्बिनी विश्वविद्यालयका डिन डा माणिकरत्न शाक्यले बौद्धशिक्षा र दर्शनको विकास, अध्ययनका लागि खुलेको विश्वविद्यालयले सिक्ने चरणमै महत्वपूर्ण काम थालनी गरेको बताउनुभयो । रासस