२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनाभित्र पार्टी एकता टुङ्गीन्छ : अध्यक्ष दाहाल



अ+ अ-

 

दोलखा, २ मङ्सिर – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महीनाभित्र पार्टीको तल्लो कमिटीसम्म एकता गरिसक्ने बताउनुभएको छ ।

दोलखाको चरिकोट आफ्ना छोरा प्रकाश दाहालको प्रथम स्मृतिमा रिनेजम नेपालले आज आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनमा उहाँले प्राविधिक कारणले पार्टी एकताको कार्य ढिलाई भएको उल्लेख गर्नुभयो ।

“दुई जना अध्यक्षसहित मङ्सिर ६ गते सचिवालय बैठक बस्ने, प्रदेश कमिटी टुङ्ग्याउने, केन्द्रीय समितिका कार्य विभाजनको प्रस्ताव टुङ्ग्याउने र जिल्ला कमिटीका पदाधिकारी टुङ्ग्याउने ढङ्गले जाने तयारी भएको छ”, दाहालले भन्नुभयोे ।

पार्टी एकतामा कुनै विवाद नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “तपाईंहरूलाई नेतामा विवाद भएर, अन्तरविरोध परेर पार्टी एकता नटुङ्गिएको हो कि भन्ने लागेको हुनसक्छ । तर, कमिटी बनाउन विवाद, झमेला भएर ढिलाइ भएको होइन ।” उहाँले जनमानसमा सरकारको केही आलोचना भए पनि सरकारले लोकप्रिय कार्य गरेको दावी गर्नुभयो ।

रिनेजम नेपालले आयोजना गरेको फुटबल प्रतियोगितामा दोलखालगायत देशभरका ११ समूहको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार राशि रु १० लाख रहेको आयोजकले बताएको छ । (रासस)