४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा
अ+ अ-

बाल्टीमोर, ३ मङ्सिरः संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिनुभएको छ । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताउनुभएको छ ।

बाल्टीमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि उक्त रकम विद्यार्थीलाई उपलब्ध गराइने जनाएको छ । अमेरिकी इतिहासमा कुनै विश्वविद्यालयले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो चन्दा रकम हो । विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्तिका रुपमा रकम उपलब्ध गराउने स्पष्ट गरेको छ, र यस्तो रकम विद्यार्थीले पुनः भुक्तानी गर्नुपर्ने छैन ।

ब्लुमबर्गले जारी गरेको वक्तव्यमा “विश्वविद्यालयलाई एउटा उपहार दिएको” बताउनुभएको छ । अमेरिकाको सुप्रसिद्ध यो विश्वविद्यालय बाल्टीमोरका एकजना व्यापारी जोन्स हप्किन्सले उपलब्ध गराएको ७० लाख अमेरिकी डलरबाट सन् १८७६ मा स्थापना भएको थियो ।

ब्लुमबर्ग एल.पी. का संस्थापक ७६ वर्षीय माइकल ब्लुमबर्ग विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीमा हुनुहुन्छ । उहाँले जोन्स हप्किन्सबाट सन् १९६४ मा स्नातक गर्नुभएको थियो । उहाँ सन् २००२ देखि २०१३ सम्म न्यूयोर्क सहरको मेयर हुनुका साथै अमेरिकी राष्ट्रपतिका सम्भाव्य उम्मेदवारमा रहनुभएको थियो । एपी