४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

हुथी विद्रोहीद्वारा आक्रमण रोक्ने एकतर्फी घोषणा

हुथी विद्रोहीद्वारा आक्रमण रोक्ने एकतर्फी घोषणा
अ+ अ-

साना, ३ मङ्सिरः यमनमा सङ्घर्षरत हुथी विद्रोही समूहका एकजना उच्च नेताले यमनमा क्षेप्यास्त्र आक्रमण र ड्रोनबाट हुने आक्रमण स्थगित गर्ने घोषणा गरेका छन् । शान्ति प्रक्रियाको तयारीका सन्दर्भमा राष्ट्रसंघका एकजना कूटनीतिज्ञले यमनको भ्रमण गर्न लागेको पूर्वसन्ध्यामा हुथी विद्रोहीले पछिल्लो कदम चालेको हो ।

सर्वोच्च क्रान्तिकारी समितिका प्रमुख मोहम्मद अलि अल–हुथीले ट्वीट गरी सबै आधिकारिक यमेनी राजनीतिक दलहरुलाई युद्धविराम गर्न आग्रह गर्नुभएको छ ।

“हामी यमनका सबै आधिकारिक दलहरुलाई अतिक्रमणकारी देशविरुद्ध र उनीहरुका यमनी समर्थकमाथि रकेट आक्रमण र ड्रोनको प्रयोग रोक्न आग्रह गर्दछौं ताकि उनीहरुले हामीमाथि आक्रमणको कुनै आधार पाउने छैनन् । शान्ति स्थापनाको तत्परता प्रस्तुत गर्न सबै मोर्चामा सैनिक आक्रमण रोक्न पनि आग्रह गर्दछौं,” उहाँले लेख्नुभएको छ ।

राष्ट्रसंघका विशेषदूत मार्टिन ग्रिफिथले शुक्रबार मात्र अर्को साता विद्रोहीको नियन्त्रणमा रहेको सानाको भ्रमण गर्ने जानकारीमा आएलगत्तै हुथी नेताको युद्धविराम गर्ने घोषणा सार्वजनिक भएको हो । मार्टिन ग्रिफिथ स्वीडेनमा चाँडै हुनेगरी तय भएको शान्ति वार्ताको सन्दर्भमा वातावरण तयार गर्न यमन जान लाग्नुभएको हो ।

सेप्टेम्बरमा पनि स्वीडेनमा शान्ति वार्ता गर्ने तय भएपनि अन्तिममा विद्रोही हुथी समूहले सुरक्षाको कारण देखाएका कारण वार्ता स्थगित भएको थियो । ग्रिफिथले भन्नुभयो – हुथी विद्रोही र साउदी–समर्थित यमन सरकार दुवैले राजनीतिक समाधानप्रति प्रतिबद्धता दोहो¥याएकाले वार्ता हुन लागेको हो । दुवै पक्षले वार्तामा उपस्थित हुने बताएका छन् । तैपनि वार्ताको मिति भने तय गरिएको छैन ।

अलि अल–हुथीले राष्ट्रसंघका विशेषदूतसँगको सम्पर्क पश्चात क्षेप्यास्त्र र ड्रोन आक्रमणका साथै अन्य आक्रमणका सम्पूर्ण क्रियाकलाप रोकिएको बताउनुभयो ।

रक्तपातयुक्त यमन गृहयुद्धका कारण त्यहाँ हजारौं मानिसको मृत्यु भइसकेको छ । गत साता पनि लाल सागरको तटीय सहर होडेडामा भिषण लडाइँ भएको थियो । यही सहर हुँदै सम्पूर्ण आर्थिक तथा मानवीय सहायताका सामग्री यमन भित्रिने गर्दछन् ।

विद्रोहीले राजधानी साना र होडेडालाई सन् २०१४ मा नियन्त्रण गरेका थिए । अर्को वर्ष सरकारका पक्षबाट साउदी अरेबिया र यसका गठबन्धन मुलुकले सानामा हुथी विरुद्ध भिषण हमला गरेका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार, त्यसयता मात्र १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । राष्ट्रसंघले यमनको द्वन्द्वलाई अत्यन्त निकृष्ट रहेको जनाएको छ ।

अधिकारकर्मीहरुको भनाइमा गृहयुद्धबाट मारिने व्यक्तिको संख्या पाँच गुणा बढी रहेको छ । एएफपी