३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पञ्चासेमा रु १० अर्बको लागतमा केबुलकार

पञ्चासेमा रु १० अर्बको लागतमा केबुलकार
अ+ अ-

पाेखरा,  ३ मङ्सिर: धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ ।

पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत् गुरुयोजनासहित अघि बढेको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

जनतासँग छरिएर रहेको पूँजी सङ्कलित गरेर विकासको पूर्वाधार निर्माणमा जुटेको यस परियोजनाले पर्यटन विकासमार्फत मध्यम वर्गीय जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने उहाँको भनाइ छ ।

पोखरा–२३ स्थित घाँटीछिनामा केबुलकारको तल्लो स्टेशन राखिनेछ । यसको लम्बाइ ८.५ किलोमिटर रहनेछ । केबुलकारमा ८० टावर रहनेछन् । एकै पटक दुई हजार ४०० यात्रु आउन जान मिल्ने केबुलकारले दैनिक दश हजार मानिस बोक्ने सक्ने क्षमता केबुलकारको हुने निर्माण शर्माले बताउनुभयो ।

रु १० अर्बको योजनामध्ये तीन अर्ब केबुलकारमा र त्यसबाहेक बाँकी रकम अन्य संरचना निर्माणमा खर्च हुने सञ्चालक धनप्रसाद उपाध्यायले जानकारी दिनुभयो । तीन हजार रोपनी जग्गा भाडामा लिएर घाँटीछिनामा बनाइने हेरिटेज प्लाजामा स्थानीयवासीले उत्पादन गरेका परम्परागत हस्तकलाका सामान रहनेछन् । पञ्चासेमा पर्यटक लैजानका लागि ६ वर्षमा बनाइसक्ने गरी केबुलकार निर्माण गरिने शर्माले बताउनुभयो । विसं २०७६ साल माघमा शिलान्यास गरेर विसं २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

परियोजना सञ्चालनका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको उहाँको भनाइ छ । रु दश अर्बको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका बासिन्दालाई रु तीन अर्ब बराबरको शेयर दिइने भएको छ । त्यसका अलावा कर्पोरेट, पत्रकार, वकिल, राष्ट्रसेवक कर्मचारीलगायत सर्वसाधारण सबैलाई छुट्टाछुट्टै शेयर दिने जनाइएको छ ।

अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन् । त्यस्तैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारीसाधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता रहेको छ ।

पोखरालाई शैक्षिक गन्तव्य बनाइने

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई शैक्षिक गन्तव्य बनाइने उद्घोष गर्नुभएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको नेपालका लागि फिनल्याण्डका राजदूत पे्रती एन्टिनेनसहितको टोलीसँगको छलफल उहाँले पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउन महानगर लागिपरेको बताउनुभयो । उहाँले महानगरले शिक्षा कार्यविधि बनाइसकेको र सीमित स्रोतसाधनलाई उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा दिने गरी काम अगाडि बढाएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख गुरुङले एक वडा एक स्मार्ट विद्यालय बनाउने योजना महानगरले ल्याएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षाको जिम्मेवारी महानगरमा आएकाले शिक्षामा प्राथमिकता दिई योजनाबद्ध रुपमा काम गरिने बताउनुभयो ।

शिक्षा महाशाखा प्रमुख आचार्यले शैक्षिक सत्र २०७६ देखि महानगरकाभित्रका विद्यालयका कक्षा कोठालाई धुलोमुक्त बनाएर सेतोपाटी राखिने तथा २११ सामुदायिक र १७८ संस्थागत विद्यालय भएको जानकारी दिनुभएको थियो ।

छलफलमा राजदूत एन्टिनेनले योजनाबद्ध रुपमा काम गरेमा पोखरालाई शैक्षिक गन्तव्य बनाउने योजना पूरा हुने बताउनुभयो । राजदूतसहित १५ जनाको टोलीले पोखराका केही विद्यालयको भ्रमणसमेत गरेको थियो ।