२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी अस्पतालमा चल्यो गोली, ४ जनाकाे मृत्यु



अ+ अ-

संयुक्त राज्य अमेरिकाको शिकागोस्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजनाको ज्यान गएको छ। मारिनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयम्‌ बन्दुकधारी छन् ।  गोली हानाहानका क्रममा बन्दुकधारी मारिएको प्रहरीका प्रवक्ताले बताएका छन्।

बन्दुकधारीले नै आफैँले आफ्नो ज्यान लिए वा नलिएको चाहिँ प्रस्ट हुन सकेको छैन। अर्का प्रहरी अधिकारीतिर चलाइएको एउटा गोली उनको बन्दुकमा अड्किएपछि उनी घाइते भएका छन्। बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ। यद्यपि उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीको भनाइ छ।

स्थानीय समय अनुसार सोमवार दिउँसो तीन बजे शिकागोको मर्सी अस्पतालमा घटना भएको हो। शिकागो प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाइएको थियो। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सन्दिग्ध व्यक्ति अस्पताल भवनमा उक्लिँदै गर्दा बिरामीहरूले गोली चलेको आवाज सुनेका थिए।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो। पछि अस्पतालले दर्जनौँ बिरामी र स्वयम्‌ अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो।